लक्ष्मी सस्टेनेबल इनर्जी फन्डले युनिटेक हाइड्रोमा लगानी गर्ने
काठमाडौं । लक्ष्मी क्यापिटल कोष प्रवर्द्धक रहेको लक्ष्मी सस्टेनेबल एनर्जी फण्ड (एलएसईएफ)ले युनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडमा रणनीतिक लगानीको सुरुवातसँगै दिगो ऊर्जा पहलप्रतिको निरन्तर प्रतिबद्धतामा एउटा महत्वपूर्ण कदम चाल्नका साथै आफूले सञ्चालन गरेको प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्डको पहिलो लगानीको शुभारम्भ समेत गरेको छ ।
विशिष्टीकृत लगानी कोष नियमावली २०७५ अन्तर्गत प्राइभेट इक्विटी र भेन्चर क्यापिटल कोष सञ्चालन गर्नको लागि इजाजतपत्र प्राप्त गर्ने पहिलो केही कम्पनीहरूमध्ये लक्ष्मी क्यापिटल एक हो । एलएसईएफ लक्ष्मी क्यापिटलको पहिलो प्राइभेट इक्विटी कोष हो । एलएसईएफ कोषको आकार एक अर्ब रुपैयाँको रहेको छ । लक्ष्मी क्यापिटल प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल कोष सञ्चालन गर्न स्वीकृति प्राप्त गरी लगानी सुरू गर्ने पहिलो केही मन्र्चेट बैंकमध्ये एक हो । यो कोषले जलविद्युत्, सौर्य र वायु ऊर्जालगायत दिगो ऊर्जा क्षेत्रमा लगानी गर्नेछ ।
युनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले माथिल्लो फेवा खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माण अन्तिम चरणमा पुगिसकेको छ । ताप्लेजुङ जिल्लामा अवस्थित यस आयोजनाको उत्पादन क्षमता ५.८ मेगावाट छ । साथै, कम्पनीसँग थप १५ मेगावाट (मध्य इङ्वा खोला जलविद्युत् आयोजना) को अर्को जलविद्युत् आयोजनाको इजाजतपत्र समेत रहेको छ ।
जिम्मेवार लगानीको प्रतिबद्धताको थप प्रमाणको रूपमा, लक्ष्मी क्यापिटलको एक सिग्नेचरी समेत हो । जसले प्रभावकारी लगानी बजारमा अनुशासन, पारदर्शिता र विश्वसनियता प्रवर्द्धन गर्ने विश्वव्यापी समुदायमा योगदान पुर्याउँछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया