पश्चिम बंगालमा केही दिन कुनै रेल नपठाउन पत्राचार
नयाँ दिल्ली, जेठ ११
चक्रवात आँधी अम्फानको कारण प्रभावित पश्चिम बङ्गालले राज्यमा विशेष रेलहरूको सञ्चालनलाई केही समय रोक्न आग्रह गरेको छ । राज्य सरकारले चक्रवात अम्फानको कारण जिल्ला प्रशासन राहत र पुनःस्थापना कार्यमा सम्लग्न भएकोले यसले केही दिनको लागि विशेष रेलहरूमा आएका नागरिकहरूलाई व्यवस्थापन गर्न कठिनाई हुने भन्दै शनिबार पश्चिम बङ्गालले भारतको संघीय रेल मन्त्रालयलाई पत्राचार गरी उक्त आग्रह गरेको हो ।
‘तपाईंलाई थाहा छ, पश्चिम बङ्गालले मे २० र मे २१ मा ठूलो आँधी अम्फानले गम्भीर असर पारेको छ । त्यसले पूर्वाधारलाई ठूलो क्षति पु¥याएको छ । जिल्ला प्रशासन राहत र पुनःस्थापना कार्यमा संलग्न भएकोले विशेष रेल र तीनमा आएका नागरिकहरूलाई व्यवस्थापन गर्न सम्भव छैन, केही दिन अर्थात् मे २६ सम्म राज्यमा कुनै रेल नपठाउन अनुरोध गरिएको छ’, पश्चिम बङ्गालका मुख्य सचिव राजीव सिन्हाले भारतीय रेलवे बोर्डका अध्यक्षलाई लेखेको पत्रमा भनिएको छ ।
‘तपाईंसँग यसअघि मे २० मा छलफल गरी विशेष रेल पठाउने प्रस्तावलाई केही पर सार्ने निर्णय राज्य सरकारले गरेको छ । त्यसैले केही दिन विशेष रेललाई नपठाइदिनुहुन आग्रह गरिन्छ’, पत्रमा भनिएको छ । पश्चिम बङ्गालमा चक्रवातको कारण कम्तिमा ७२ जनाको मृत्यु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले आँधीका कारण मृत्यु हुनेको परिवारलाई प्रतिव्यक्ति दुई लाख राहत का साथै घाइतेलाई प्रतिव्यक्ति ५० हजार बराबरको रकम सहयोग गर्ने घोषणा गरिसकेका छन् । उनले आँधी प्रभावित पश्चिम बङ्गाललाई एकमुष्ठ एक खर्ब भारतीय रूपैँयाको राहत प्याकेजको पनि घोषणा गरेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- धनी देशले प्रत्येक वर्ष तीन सय अर्ब अमेरिकी डलर तिर्ने सहमति
- सरकारी खर्चको वर्तमान अवस्था र स्थिति
- नेपालमा नबढेको चिनियाँ पर्यटकको संख्या
- द्वन्द्वपीडितका घाउचोटको छिटो उपचार गर
- राष्ट्रिय गौरवका आयोजनाका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
- बैंकहरूलाई चुनौतीपूर्ण बन्दै निष्क्रिय कर्जा
- धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अन्तिम चरणमा
- सुन र चाँदीको भन्सार दर घट्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया