Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधकुवेत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ


काठमाडौं । कुवेत पठाइदिन्छु भन्दै दुई लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । तेह्रथुम म्याङलुङ नगरपालिका घर भई काठमाडौंको गौशाला बस्ने ४३ वर्षीया जुनु तुम्बाहाङफेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जुनुले एक जनालाई वैदेशिक रोजगारीका लागि कुवेत पठाई प्रतिष्ठित कम्पनीमा मासिक एक लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम लिएकी थिइन् । उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काटमाडौं गौशालाबाट पक्राउ गरेको हो ।

प्रहरीले उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जनाएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया