भारतमा ठूला गाडीको बिक्री बढ्यो
नयाँदिल्ली । भारतमा ठूला गाडीको बिक्री बढेको छ । तर, उच्च छुट दिए पनि साना कारको बिक्री भने घटेको छ । भारतीय अटोमेकरहरुले सार्वजनिक गरेको डिसेम्बर महिनाको तथ्यांकअनुसार मुद्रास्फीतिका कारण सना कारको बिक्री घटेको हो । अटोमेकरहरुले प्रिमियम गाडीको बिक्रीबाट फाइदा उठाएको बताइएको छ ।
मारुति सुजुकी र महिन्द्रा एन्ड महिन्द्राले घरेलु एसयूभी बिक्री क्रमशः २४ प्रतिशत र ३९ प्रतिशतले वृद्धि गरेको रिपोर्ट दिएका छन् । भारतीय कार निर्माताहरुले एसयूभी सेगमेन्टको बिक्रीबाट राम्रो फाइदा गरिरहेका छन् ।
थार, स्कोर्पियोजस्ता एसयूभी बनाउने महिन्द्राले २०२३मा यी श्रेणीका गाडी बिक्रीमा धेरै महिनाको रेकर्ड बनाएको थियो । अहिले पनि हरेक महिना २० देखि ५७ प्रतिशतसम्म बिक्री वृद्धि भएको महिन्द्राले जनाएको छ ।
मारुतीले पनि एसयूभी बिक्रीको सहयोगमा एक वर्षमा आफ्नो व्यापार ३६ प्रतिशतले बढाएको छ । मारुतीले आफ्ना कम मूल्यका मोडेलहरुमा ४० देखि ४५ प्रतिशतसम्म छुट दिई बिक्री बढाउन प्रेरित गरेको थियो ।
टाटा मोटर्सले विभिन्न श्रेणीका कारहरुको बिक्रीको वृद्धिदर निर्दिष्ट नगरी घरेलु पीभी बिक्रीमा आठ प्रतिशत वृद्धि भएको रिपोर्ट सार्वजनिक गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- सुनचाँदी धितोमा बैंकहरूले दिए ५८ अर्ब कर्जा
- नेपाल–भारतबीचको समस्या समाधान गर्न सकिन्छ : प्रधानमन्त्री
- विगत पाँच वर्षदेखि निरन्तर घाटामा वायुसेवा निगम
- इजरेल किन अधीनस्थ वेस्ट ब्याङ्कमा बस्ती बसाउने काम रोक्दैन ?
- दुर्घटना अपडेटः बसको ठक्करबाट घाइते महिलाको पनि मृत्यु
- उदाउँदो चन्द्रमालाई अघ्र्य दिँदै चौठचन्द्र पर्व सम्पन्न
- राजनीतिक परिवर्तनप्रति कर्मचारीहरुले गरेको योगदान प्रशंसायोग्य छ :प्रधानमन्त्री
- हरितालिका (तीज) : पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भीड
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया