हिमालय एयरलाइन्सको काठमाडौं–ल्हासा उडान सुरु
काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं–ल्हासा–काठमाडौं उडान सेवा सुरु गरेको छ । एयरलाइन्सले हरेक सोमबार यी दुई सहरका बीचमा उडान सेवा सञ्चालन गर्ने जनाएको छ ।
एयरलाइन्सले यो सेवा विस्तारलाई नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवद्र्धन गर्ने प्रतिबद्धताका रूपमा लिएको छ । नयाँ काठमाडौं–ल्हासा–काठमाडौं रुटले यात्रुहरूलाई नेपालको जीवन्त राजधानी सहर काठमाडौं र ऐतिहासिक रूपले समृद्ध एवम् रमणीय सहर ल्हासाका बीचमा सहज यात्राको विकल्प प्रदान गर्ने बताइएको छ । कम्पनीको पहिलो आउटबाउन्ड उडान, एच९ ७७४ गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १३६ जना यात्रु लिएर बिहान ८ः४० बजे ल्हासा प्रस्थान गरेको थियो । सो विमान ल्हासा गोङ्गार विमानस्थलमा स्थानीय समयअनुसार बिहानकोे १२ः०० बजे अवतरण गरी एक घण्टा २० मिनेटमा यात्रा पूरा गरेको थियो ।
यस उडान सेवासँगै नेपाल र चीनबीच हिमालय एयरलाइन्सको यो पाँचौँ सिधा उडान सेवा हुनेछ । एयरलाइन्सले यसअघि नै बेइजिङ, चोङकिङ, छिन्ताओ र सांघाइमा नियमितरूपमा उडान सेवा सञ्चालन गर्दै आएको छ । कम्पनीको सेवा उद्घाटन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, सुदन किराँतीले हिमालय एयरलाइन्सको काठमाडौं–ल्हासा–काठमाडौं उडानले नेपाल र चीनबीचको यातायात नेटवर्कमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । यस्तै, चिनियाँ दूतावासका उपप्रमुख वाङ जिनले नयाँ सुरु गरिएको यो रुटले नेपाल र चीनलाई जोड्ने यातायात सञ्जालमा महत्वपूर्ण प्रगतिको रूपमा प्रतिनिधित्व गरेको बताए । यस रुटले अरनिको राजमार्गले जोडेको विद्यमान नेपाल–चीन कनेक्टिभिटीलाई अझ व्यापकरूपमा विस्तार गर्ने उल्लेख गरे । यातायात पूर्वाधारमा भएको यो विस्तारले नेपाल र चीनबीचको व्यापार, पर्यटन र समग्र द्विपक्षीय सम्बन्धका लागि फराकिलो र थप विविध नेटवर्कमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ थियो ।
हिमालय एयरलाइन्सका प्रवक्ता समेत रहेका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले हिमालयको मुख्य उद्देश्य चीनका १० वटा विभिन्न पर्यटकीय गन्तव्यमा उडान सञ्चालन गरी १० लाख पर्यटकलाई नेपालमा स्वागत गर्नु रहेको बताए । हिमालयले नेपालबाट चीनका लागि नयाँ–नयाँ रुटहरू पहिल्याउँदै उडान सेवा प्रदान गर्दै आएको छ । यस अर्थमा नयाँ बजार बिस्तार तथा स्थापित गर्न कम्पनीको योगदान उल्लेखनीय रहेको उनको भनाइ छ । यस नयाँ रुटको सुरुवातसँगै हिमालयले उच्चतम सुरक्षा मापदण्ड कायम गर्दै अविस्मरणीय यात्रा अनुभवहरू प्रदान गर्ने लक्ष्य लिएको बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
- देशका अधिकांश भागमा आज मौसम सफा रहने
- अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया