Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमकवानपुरमा जंगली हात्ती आतंक कायमै

मकवानपुरमा जंगली हात्ती आतंक कायमै


मकवानपुरको मनहरी गाउपालिका -७ रमौलीमा जंगली हाती आतंक कायमै रहेको छ। पर्सा रास्ट्रिय निकुञ्जको नजिक रहेको रमौलीमा केहि दिन अगाडी पनि जंगली हात्तीले यसरी नै आतंक मच्चाएको थियो। हिजो सोमबार बिहान ६ बजेको समयमा बस्तिमा आएको जंगली हात्तीले कतै काठ र टिनले बनेको घर भत्काएको छ भने कतै पालि मात्र भत्काउने र धान खाई नस्ट गरिदिएको छ।

कुनै पनि समय जंगली हात्तीको आइ क्षति पुर्याउन सक्ने भएकोले आतंकित भएको स्थानीय बताउछन। मनहरी गाउपालिका -७ रमौलीमा खडक बहादुर थिङ्गको काठ तिनले बनेको भान्छा कोठा भत्काएको छ भने भगवती सुबेदीको घर अगाडीको काठको पाली भत्काएको छ। यसैगरी यहि बस्ने अर्जुन दाहालको घर अगाडीको काठको पाली भत्काई १ बोरा धान खाइ नस्ट गरेको छ भने चित्र बहादुर घलानको घरको जस्ता भत्काएको छ।

हात्तीले भौतिक क्षति पुर्याए पनि कुनै मानबिय क्षति नभएको बताइएको छ। उक्त घटना थाहा पाई स्थानीय लगायत पर्सा रास्ट्रिय निकुन्जका नेपाली सेना ,मनहरी र कत्ले खोलाबाट आएको प्रहरी टोली खटिइ उक्त हात्तीलाइ जंगल तर्फ लखेटेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया