निलम्बन डा.विशदलाई काममा फर्काउन माग गर्दै केएमसी अस्पतालमा आन्दोलन
काठमाडौं । निलम्बित डाक्टर विशद दाहाललाई निलम्बन फुकुवा गरी पुन:काममा फर्काउन माग गर्दै सिनामंगलस्थित केएमसी हस्पिटलमा आन्दोलन सुरु गरिएको छ । आज(बुधबार) बिहानदेखि आवासीय चिकित्सकहरुको समुहले हस्पिटल गेट अगाडि भेला भई विशद दाहाललाई हस्पिटल प्रवेशमा रोक लगाउन पाईदैन भन्दै नारावाजी गरेका हुन् ।
काठमाडौं विश्वविद्यालय कार्यालयले निर्देशन गरेको तर केएमसी प्रशासनले नमानेको भन्दै एमडी तेस्रो बर्षमा अध्ययनरत डा.विजय केसिको नेतृत्वमा निज निलम्बित डा.दाहाललगायत करिब ३० जनाको समुहले नाराबाजी गरेका हुन् ।
केएमसी हस्पिटलमा एमडी दोस्रो वर्षमा अध्ययनरत आवासीय विद्यार्थी विशद दाहाललाई हस्पिटलले संचालन गरेको स्वास्थ्य शिविरहरुमा जान नमानेको भन्दै यहि पुस १२ गतेदेखि एक महिनाका लागि निलम्बन गरेको थियो । सोही निलम्बनविरुद्ध केएमसी हस्पिटलमा अध्ययनरत आवासीय विद्यार्थीहरुले आज बिहान करिब साढे ९ बजेबाट शान्तिपूर्ण भेला भई विरोध जनाइरहेका छन् ।
क्याटेगोरी : समाचार, स्वास्थ्य / जिवनशैली
ताजा अपडेट
- वन मुद्दामा आरोपित भीआईपी व्यापारी धरौटीमा छुट्नुको रहस्य !
- बक्यौता उठाउन प्राधिकरणको नयाँ जुक्ति
- पहाड र तराईका केही स्थानमा हुस्सु, बाँकी भागमा मौसम सफा
- यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया