आप्रवासी श्रमिकद्वारा कतारमा विरोध प्रदर्शन
कतार, जेठ ११
विरलै विरोधका आन्दोलनहरू हुने खाडी मुलुक कतारको राजधानी दोहास्थित एक जिल्लामा आप्रवासी श्रमिकहरूले आफ्नो ज्याला नपाएको भन्दै विरोध गरेका यहाँको सरकारी स्रोतले शनिबार बताएको छ । सामाजिक सञ्जालमा भाइरल बनेका तस्वीरमा करिब १०० भन्दा बढी व्यक्तिहरू राजधानी दोहाको महेरेब जिल्लामा मुख्य सडक अवरुद्ध गर्दै ताली बजाउँदै ज्याला पाउनुपर्ने मागसहित शुक्रबार विरोधमा सडकमा उत्रिएको देखाइएको छ भने प्रहरीहरूले उनीहरूलाई हेरिरहेको देखिएको छ ।
आफूहरूले पकाएको तलब दिन ढिलो र आनाकानी गरेको भन्दै केही प्रवासी कामदारले मे २२ मा मशिरेब क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गरेका श्रम मन्त्रालयले शनिबार जारी एक विज्ञप्तिमा पुष्टि गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रालयले समस्याबारे तत्काल समस्याबारे छलफल गरेको र आउँदो दिनमा सबै तलब तुरुन्त भुक्तान हुने सुनिश्चित गर्न कदम चालेको छ ।’
कोरोनाभाइरसको महामारीका कारण कतिपय उद्योग तथा कलकारखाना तथा व्यवसायिक काम रोकिएको र कामदारलाई तलब दिनमा कठिनाइ परेको भन्दै श्रमिकको पाउनुपर्ने ज्याला दिन ढिलाइ गरेको हुनसक्ने मन्त्रालयले बताएको छ । तलब भुक्तान नगरेका कम्पनीहरूबिरूद्ध कानुनी कारबाही गर्न निर्देशन जारी गरिसकिएको मन्त्रालयले जानकारी गराएको छ ।
पेट्रोलियम पदार्थ तथा प्राकृतिक इन्धनका लागि समृद्ध खाडीमा लाखौं विदेशीहरू प्रायः भारत, पाकिस्तान, नेपाल र श्रीलंकाबाट श्रमका लागि अत्यधिक श्रमिक आउने गरेका छन् । उनीहरूमध्ये धेरै यस इलाकाका रमाईला गगनचुम्बी भवनहरू र मलहरूदेखि टाढा रहेका शिविरहरूमा बसी शहरमा काम गर्ने र श्रम र पसिनाबापतको पैसाले स्वदेशमा आफ्ना परिवारको खर्चमा सहयोग गर्ने गर्दछन् ।
सन् २०२२ को विश्वकप अगाडि देशले दर्जनौं ठूला आयोजनाहरू पूरा गरिसक्ने उद्देश्यका साथ कतारले देशको जनसंख्याको झन्डै ९० प्रतिशत प्रवासी कामदारलाई भित्र्याएको छ भने अधिकांश आयोजनाहरू अन्तिम चरणमा रहेका छन् । तर कोरोनाभाइरस र यसको विनाशकारी आर्थिक प्रभावले धेरै कामदारहरूलाई प्रभावित पारेको छ र अरूलाई बेरोजगार, ज्यालाहीन र कहिलेकाहीँ बेइमान रोजगारदाताहरूको दयामा रहनुपर्ने बाध्यता रहेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सरकारी खर्चको वर्तमान अवस्था र स्थिति
- नेपालमा नबढेको चिनियाँ पर्यटकको संख्या
- द्वन्द्वपीडितका घाउचोटको छिटो उपचार गर
- राष्ट्रिय गौरवका आयोजनाका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
- बैंकहरूलाई चुनौतीपूर्ण बन्दै निष्क्रिय कर्जा
- धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अन्तिम चरणमा
- सुन र चाँदीको भन्सार दर घट्यो
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया