मुक्तिनाथ विकास बैंकको पाँच हजारसम्म हात पर्ने योजना
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले वार्षिकोत्सवको अवसरमा आफ्नो ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न विभिन्न योजना सार्वजनिक गरेको छ । पहिलो योजनाअनुसार बैंकले टपअपमा टपअप धमाका सार्वजनिक गरेको छ । यस योजनामा बैंकको मोबाइल बैंकिङमार्फत दुई सय रुपैयाँ वा सोभन्दा बढीको टपअप कारोबार गर्दा दैनिक १८ जना ग्राहकले लक्की–ड्रमार्फत दुई सय रुपैयाँको टपअप प्राप्त गर्नेछन् । यो योजना २०८० पौष १९ गते देखि २५ गतेसम्मका लागि रहनेछ ।
दोस्रो योजनाअनुसार बिजुली र इन्टरनेटको बिल भुक्तानी गर्ने ग्राहकलाई लक्षित गरेर अर्को योजना सार्वजनिक गरेको छ । यस योजनामा बैंकको मोबाइल बैंकिङमार्फत हालसम्म बिजुली र इन्टरनेटको बिल भुक्तानी नगरेका ग्राहकले पहिलोपटक बिल भुक्तानी गरेमा नयाँ कारोबार गर्ने ग्राहकले भुक्तानी रकमको पाँच प्रतिशत वा अधिकतम ५० रुपैंयाँसम्म प्राप्त गर्न सक्नेछन् भने पहिलेदेखि बिल भुक्तानी गरिरहेका ग्राहकले यस अवधिमा पुनः भुक्तानी गरेमा त्यस ग्राहकमध्ये बिजुलीको बिलअन्तर्गत एक जना र इन्टरनेट बिलअन्तर्गत एक जना ग्राहकले लक्की–ड्रमार्फत पाँच महिनासम्मको बिल भुक्तानी वा अधिकतम पाँच हजार रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् । यो योजना २०८० पुस १९ गतेदेखि माघ १९ गतेसम्मका लागि हुनेछ ।
तेस्रो योजनाअनुसार बैंकको क्युआर मर्चेन्ट भई कुनै पनि कारोबार क्युआरमार्फत प्राप्त नगरेका मर्चेन्टहरूले यस अवधिमा एक पटक वा पटक–पटक गरी पाँच सय रुपैयाँसम्मको कारोबार रकम क्युआरमार्फत प्राप्त गरेमा वा लिएमा त्यस ग्राहकमध्ये पाँच जना ग्राहकले लक्की–ड्रमार्फत स्र्माट वाच प्राप्त गर्नेछन् । यो योजना २०८० पुस १९ गतेदेखि माघ १९ गतेसम्मका लागि हुनेछ । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्युआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्माजस्ता कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
- बाँसझ्याङमा सात क्विन्टल लसुन भेटियो
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया