प्रवीण राउत
काठमाडौं, जेठ १२
नेपालबाट भारतमा निर्यात हुने कृषिजन्य पदार्थहरुमा बारम्बार अवरोध हुनथालेको छ । पछिल्लो समय पाम आयल भारतमा निर्यात हुनसकेको छैन । पाम आयाल मात्र होइन अलैँची, अदुवा, चियालगायत कृषिजन्य उत्पादन भारतमा सहज रुपमा निर्यात भएको छैन । यसो हुनुमा प्रमुख कारण नेपाली पक्ष नै रहेको मन्त्रालयका एक अधिकारीले बताए । अधिकारीका अनुसार नेपालका उद्योगी तथा व्यापारीहरुसमक्ष व्यापारको लागि स्पष्ट उद्देश्य नहुनु र सरकारले निर्बाध रुपमा सामग्री आयात हुन दिनु हो ।
नेपालका व्यापारीहरुले उत्पादन गरेको वस्तुहरुको बजार कहाँ हो, कहिलेसम्म उपभोक्तालाई सेवा दिन सकिन्छ, माग कहाँ छ भनेर बजारको अध्ययन नगर्नु नै मुख्य कारण भएको ती अधिकारीले बताए । उनले भने, ‘नेपालमा उत्पादित वस्तु तथा सेवाको बजार भारत मात्र होइन । तर व्यवसायीहरु भारतमा मात्र निर्भर छन्, जसको परिणामस्वरुप नेपालको उत्पादनले आफ्नो सामग्री भनेर बजारमा पहिचान पाउनसकेको छैन । सरकारले पनि निर्बाध रुपमा सामग्री निर्यात गर्न दिनु भनेको स्वदेशमा वस्तुहरुको उत्पादनमा केही हदसम्म रोक लगाउनु हो ।
नेपाल र भारतबीच भएको वाणिज्य, व्यापार कार्गोलगायतका सन्धि तथा सम्झौताअनुरुप नेपालमा उत्पादन भएका वस्तुहरुमध्ये ९७ प्रतिशत वस्तुहरु भारतमा निर्यात गर्न पाउँछ । हातहतियार, लागूपदार्थ जस्ता वस्तुहरु मात्र नेपालले भारतमा निकासी गर्न पाउँदैन भने अन्य वस्तुको हकमा रोक लगाउन नपाउने व्यवस्था छ । यति हुँदाहुँदै पनि नेपालमा उत्पादित अलैँची, अदुवा, चियाजस्तै पाम आयालमा किन रोक लगायो त भारतले ? भारतले पाम आयल निर्यातमा पहिलोपटक रोक लगाएको भने होइन । त्यस्तै उसले सन्धि र सम्झौताविपरीत गएर पनि रोक लगाएको होइन । मन्त्रालयका अनुसार पाम आयल भारतमा निर्यात हुन नसक्नुको कारण भने भारत सरकारले त्यहाँका व्यापारीहरुको प्रमाणपत्र निलम्बन गरेको कारण हो ।
मन्त्रालयका उपसचिव श्रीधर गौतमका अनुसार भारतको वैदेशिक व्यापार महानिर्देशनालय (डीजीएएफटी)ले भारतीय व्यापारीको व्यावसायिक आयातकर्ताको प्रमाणपत्र निलम्बन गर्दा पाम आयल निकासीमा समस्या भएको हो । ‘डीजीएएफटीले वैशाखमा भारतीय व्यापारीको प्रमाणपत्र निलम्बन गरेसँगै पाम आयल निकासीमा समस्या भएको हो’, उनले भने, ‘हामीले अवरोध हटाउनको लागि सम्बन्धित निकायलाई पत्राचार गरेका छौँ, छिटै समस्या समाधान हुनेमा विश्वस्त छौँ ।’
अर्कोतर्फ मन्त्रालयका अधिकारी भने दुःख दिने नियतले पनि पाम आयलको आयातमा भारतले रोक लगाएको हुनसक्ने बताउँछन् । नेपालमा उत्पादित पाम आयलले दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा)को नियमअनुसार मापदण्ड पूरा गरेको पाइन्छ भने यस्तो अवस्थामा निर्यातमा समस्या पैदा गर्नु भनेको दुःख दिने नियत हो । यस्तै नेपालबाट भारतीय बजारमा सबैभन्दा धेरै मूल्यबराबरको निर्यात हुने सामग्री भनेको पाम आयल हो । यो कुरा भारतीय पक्षलाई राम्रोसँग थाहा छ । त्यसले गर्दा पनि रोक लगाएको हुनसक्छ ।
साफ्टाको नियमअनुसार कुनै पनि सामग्री उत्पादन गर्दा उत्पादनकर्ताले कच्चा पदार्थ जुनसुकै स्थानबाट ल्याई प्रयोग गर्छ भने पनि ४० प्रतिशत आफ्नो सामग्री प्रयोग गर्नुपर्ने हुन्छ । बाँकी ६० प्रतिशत भने अन्य उत्पादन समेत राख्नसक्ने व्यवस्था छ । जसअनुरुप पाम आयल नेपाली व्यवसायीले उत्पादन गरेको पर्याप्त प्रमाण छ ।
नेपाली व्यापारीले मलेसिया, इन्डोनेसियालगायत तेस्रो मुलुकबाट पाम आयलको कच्चा पदार्थ ल्याई प्रशोधन गरी निकासी गर्ने गर्दछन् भने भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको १० महिनामा मात्र कुल १७ अर्ब रुपैयाँबराबरको पाम आयल निकासी भएको देखिन्छ । १० महिनाको अवधिमा कुल १६ अर्ब ८० करोड ९८ लाख पाँच हजार रुपैयाँको पाम आयल निकासी भएको छ । भारतसँगको व्यापारघाटा कम गर्न समेत पाम आयलको उल्लेखनीय भूमिका रहेको व्यापारीहरुको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया