Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअपराध रोकथाम र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रधानाध्यापकहरूसँग अन्तरक्रिया

अपराध रोकथाम र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रधानाध्यापकहरूसँग अन्तरक्रिया


प्युठान । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अपराध रोकथाम र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि माध्यामिक तहका प्रधानाध्यापकहरूसँग जिल्ला प्रहरी कार्यालय प्युठानमा बिहीबार दुई दिवसीय अन्तरक्रिया कार्यक्रम सुरू भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्युठानको आयोजना एवम् नेपाल जेसुईट सामाजिक संस्थाको प्राविधिक सहयोगमा उक्त अन्तरक्रिया कार्यक्रम संचालन गरिएको हो ।

अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय प्युठानका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले प्रधानअध्यापक र शिक्षकहरूले अपराधको उजागर गर्ने र अपराध अनुसन्धान तथा कानून कार्यन्वयनमा प्रहरीलाई सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापाले अपराधको रोकथामका लागि सूचना प्रवाह र अनुसन्धान समेतमा प्रधानअध्यापकहरूले विशेष जिम्मेवारी र कर्तव्य निर्वाह गरी प्रहरीलाई सहयोग पुर्याउन अनुरोध गरे ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्युठानका कार्यालय प्रमुख शिवराज पण्डितको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्युठान र स्वर्गद्वारी नगरपालिका तथा माण्डवी र सरूमारानी गाउँपालिका अन्तर्गतका २७ वटा विद्यालयका प्रधानाध्यापकहरू, सेन्टजेभियर्स स्कुल जावलाखेलका प्रधानाध्यापक, नेपाल जेसुईट सामाजिक संस्थाका निर्देशक र स्थानीय संचारकर्मीहरू समेतको उपस्थिति रहेको थियो ।

साथै, झिमरूक गाउँपालिका–१ बालुवास्थित अमर प्राथमिक विद्यालयमा जिल्ला प्रहरी कार्यालय प्युठानले बिहीबार विद्यालय सम्पर्क कार्यक्रम संचालन गरेको छ । कार्यक्रममा उक्त विद्यालयलाई प्राविधिक शैक्षिक सामग्री टेलिभिजन हस्तान्तरण गरिएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया