Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘लकडाउन’, कालापानी र ओली सरकार

‘लकडाउन’, कालापानी र ओली सरकार


काठमाडौं, जेठ १२
मुलुक अहिले नोबल कोरोना भाइरस महामारीको त्रास बोकेर बाँच्न विवश छ । यहीबीचमा सरकारले वर्षौंदेखि भारतीय अतिक्रमणमा परेको नेपाली भूमिलाई आफ्नो राजनीतिक नक्सामा समेटेर वाहीवाहीको कमाएको छ । सरकारको यो साहसी कदम र निर्णयलाई विपक्षी राजनीतिक दललगायत नेपाली जनताले हृदयदेखि नै स्वागत गर्न पुगेका छन । वर्तमान सरकारले दृढताका साथ गरेको यो निर्णयले अहिले मुलुकमा नयाँ कीर्तिमान कायम भएको भन्दै स्वागतका स्वरहरू बाहिर आइरहेका छन् ।

तर, नोबल करोना भाइरस नियन्त्रणको लागि सरकारले चालेका कदमहरू प्रभावकारी हुन नसकेको भन्दै सर्वत्र आलोचना बढिरहेको छ । यही आलोचनाका बीच सरकारले गत जेठ २ गते सार्वजनिक गरेका वार्षिक नीति तथा कार्यक्रममार्फत छिमेकी मुलुक भारतबाट अतिक्रमित कालापानी, लिम्पियाधुरालगायतको भूमिलाई आफ्नो नक्सामा समेटने तयारी भइरहेको उल्लेख गरेसँगै सरकारको उचाइ पनि एकाएक बढेको छ । छिमेकी मुलुक भारतले वर्षौंदेखि नेपाली भूमिमाथि अतिक्रमण गरिरहँदासमेत विगतका सरकारहरूले प्रभावकारी रूपमा विषयको उठान गर्न नसकेको भन्दै नेपाली जनताबाट आलोचित हुनुपरिरहेको थियो । विगतका धेरै वटा सरकारले कालापानीको विषयलाई उठाएता पनि गम्भिर रूपमा बहमा ल्याउन सकेका थिएनन । यो विषय उठाउँदा छिमेकीमुलुक रिसाउने र आफ्नो सत्ता गुम्ने होकी भन्ने डर उनीहरूमा थियो । तर वर्तमान नेकपाको सरकारले यो विषयलाई राष्ट्रियतासँग जोडेर दृढतापुर्वक सामना गर्ने तहमा पुगेकोले पनि नेपाली जनताको व्यापक समर्थन पाइरहेको छ ।

अहिले वर्तमान सरकार एकातिर कोरोनासँग लडिरहेको र अर्कोतिर वर्षौंदेखि छिमेकी मुलुकको हेपाइमा पर्नुपरेको पीडालाई सँगसँगै र एकैपटक लड्ने निर्णय र अठोटमा पुगेको अनुमान गर्न सकिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारले चालेका अदम्य साहस, कदम र अठोटलाई नेपाली जनताले साथ पनि दिने भएका छन । अहिले मुलुक कोरोना भाइरससँग जुधिरहेको छ । तर, पनि यो आलो घाउलाई बिर्सेर नेपाली जनता राष्ट्रियताको लडाइँमा सरकारलाई सघाउन तयार भएर बसिरहेको अवस्था छ । मुलुकमा चलिरहेको कोरोना महामारीभन्दा पनि राष्ट्रियताको पक्षमा लिएको अडान र प्राथमिकताले नेपालीहरूलाई खुशी तुल्याएको छ । सरकारको यो कदमलाई लिएर नेपाली जनताले खुशी पनि व्यक्त गरेका छन् ।

मुलुक बन्दाबन्दी अर्थात् लकडाउनबाट गुज्रेकोे ठ्याक्कै दुई महिना बितेको छ । लकडाउनकै बीचमा संक्रमण एकदमै बढेर गएको पाइएको छ । गत माघ ९ गते नेपालमा पहिलो संक्रमित भेटिएको बताइएको थियो । मुलुकमा लकडाउन गरिएपछि संक्रमण कम हुने बिरामीको संख्यामा कमी आउने आंकलन गरिएको थियो । तर, यसबीचमा संक्रमितको संख्या दिनानु दिन बढेर मुलुकलाई अत्यासको स्थितिमा पु-याएको छ । लकडाउनले महामारी नियन्त्रण र कमी आउने अपेक्षा गरिएको भए पनि परिणाम घटनुको सटटा् एकदमै बढ्दै गएको पाइएको छ । यो घटनाले मुलुकको भविष्यलाई कतातिर लैजाला अहिले नै यसै भन्न सकिने अवस्था छैन ।

लकडाउन भएको महिना दिनसम्म पनि मुलुकभित्र खासै संक्रमितको संख्या त्यति देखिएन र औंलामा गन्नसक्ने अवस्थामा रह्यो । त्यो समयमा सरकारले बेकारमा किन लकडाउन गरेको होला भन्ने किसिमका आवाज र प्रश्नहरू बाहिर आए । लकडाउन केका लागि भन्ने प्रश्नहरू पनि नउठेका होइनन् । लकडाउनपछि मुलुकभित्रको तुलानामा रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीहरू बढी संक्रमित भएको र केहीले मृत्युवरण गर्नुपरेको खबर सार्वजनिक भए । त्यसैगरी कोरोना संक्रमणबाट नेपालमा भन्दा पहिला विदेशमा नै नेपालीको मृत्यु भएको थियो । अघिल्लो सातासम्म मुलुकभित्र संक्रमितको संख्या दुई सय ५० को हाराहारीमा रहेको भए पनि अहिले त्यो संख्या दोब्बर भइसकेको छ । यसैगरी तीन जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्कले पुष्टि गरेको छ ।

अहिले यसरी संक्रमितको संख्या बढ्नुमा परीक्षणको दायरा बढेकोले पनि बिरामी बढेको हुनसक्ने अड्कलबाजी हुन थालेका छन् । लकडाउनलाई निरन्तरता दिँदैमा संक्रमण घट्नेभन्दा परीक्षणको दायरालाई बढाउनु पुर्ने आवश्यकता विज्ञहरूले बताए पनि त्यो हुन सकिरहेको छैन । स्वास्थ्य सामग्री अभावका कारण परीक्षणको दायरा बढ्न नसक्दा सरकारले अहिलेसम्म चालेको कदम फलदायी हुन सकिरहेको छैन ।

सीमानाकाबाट अहिले पनि मानिसहरूको आवतजावत रोकिएको छैन । सरकारले लकडाउनलाई जतिसुकै कडाइ गरेको दाबी गरेको बताए पनि छिमेकी मुलुकबाट नेपालीहरू मुलुकभित्र प्रवेश गर्ने क्रम अहिले पनि यथावत छ नै । यही कारण प्रदेश नम्बर दुई र पाँच कोरोना संक्रमितहरूको हटस्पट बन्दै गइरहेका छन् । स्थानीय सरकारहरूले संक्रमण फैलन नदिन भन्दै तयार पारेका क्वारेन्टाइनहरूमा पनि विश्व स्वास्थ्य संगठनले तोकेको मामदण्डअनुसारका छैनन् । सीमानाका पार गरेर आएकाहरूलाई राखिएको यस्ता असुरक्षित क्वारेन्टाइनका कारण संक्रमितको संख्या दिनप्रतिदिन बढ्न थप मदत पुगिरहेको बताइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x