उद्योगमा विद्युत् आपूर्ति बन्द नगर्न महासंघको माग
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले औद्योगिक क्षेत्रमा देखिएको विद्युत् आपूर्तिको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको महसुल नतिरेको भन्दै ठूला उद्योगीहरूको बिजुली काट्न थालेकाले त्यसको प्रतिकुल प्रभाव निर्माण उद्योगमा पनि पर्ने महासंघले जनाएको छ । महासंघका महासचिव रोशन दाहालले एक विज्ञप्ति जारी गरी मुख्य औद्योगिक कोरिडोरहरूमा ठूला उद्योगहरू बन्द हुँदा हजारौँ मजदुर बेरोजगार हुँदा त्यसको असर निर्माण उद्योगमा पनि पर्ने उल्लेख गरेका छन् । राज्यबाट व्यवसायीले निर्माण कार्य गरेको भुक्तानी नपाएका कारण समग्र निर्माण उद्योग नै समस्याग्रस्त रहेको अवस्थामा यसरी उद्योगहरू समेत बन्द हुँदा निर्माण उद्योग थप मारमा परेको विज्ञप्तिमा उल्लेख छ ।
उद्यमीहरू नियमानुसार उपभोग गरेको विद्युत्को बाँकी बक्यौता तिर्न तयार हुँदाहुँदै प्राधिकरणले हठात् लाइन काटेको भन्दै राज्य आफ्नो अभिभावकीय दायित्वबाट पछि हटेको हो कि भन्ने महसुस भएको महासंघले जनाएको छ । प्रधानमन्त्रीले नै उच्चस्तरीय समिति बनाएर समस्याको निकास दिने र महसुल निर्धारण आयोगको सुझावअनुसार महसुल असुल गरिने बताइरहँदा प्राधिकरणले धमाधम लाइन काटेर उद्योग बन्द गर्नु न्यायोचित नभएको महासंघको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 7
ताजा अपडेट
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया