काठमाडौं । बागबजारमा रहेको मेरिना इम्पेक्सले नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिमका खेलाडी र व्यवस्थापकीय अधिकारीहरूलाई २० जोर सुट दिएको छ । मेरिना इम्पेक्स र नेपाल क्रिकेट संघ (क्यान)बीच सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर समेत भएको छ ।
सम्झौतासँगै दक्षिण अफ्रिकामा आयोजना हुने यु–१९ विश्वकप क्रिकेटका जाने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टिमलाई मेरिना इम्पेक्सका तर्फबाट पवन खड्का, अर्जुन बस्नेत र रामप्रसाद अर्यालले शुक्रबार सम्मानसहित बिदाइ गरेका थिए । क्यानले आयोजना गरेको बिदाइ कार्यक्रममा क्यानका सचिव पारस खड्काले खेलाडीहरूको हौसला बढाउन सहयोग गरेकोमा मेरिना इम्पेक्सलाई धन्यवाद दिएका थिए । नेपाली क्रिकेट खेलाडीहरूको हौसला बढाउन सामाजिक उत्तरदायित्वअन्तर्गत सो सहयोग गरेको मेरिना इम्पेक्सले जनाएको छ । यसअघि पनि टी–२० वल्र्डकपमा मेरिना इम्पेक्सले नेपाली क्रिकेट टिमलाई ४० जोर सुट दिएको थियो ।
क्याटेगोरी : खेलकुद
ट्याग : #page 3
ताजा अपडेट
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई सवारी हस्तान्तरण
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया