Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलेखनाथ दुर्घटना प्रकरण: सवारी चालक जेल चलान

लेखनाथ दुर्घटना प्रकरण: सवारी चालक जेल चलान


पोखरा । जिल्ला अदालत कास्कीले सवारी ज्यानसम्बन्धी मुद्दामा एक सवारी चालकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । अदालतका न्यायाधीश ऋषिराम आचार्यको इजलासले चालकलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

गत मंसिर २४ गते पोखराको लेखनाथमा सवारी दुर्घटनामा दुई युवतीको ज्यान गएको थियो । सो दुर्घटनामा संलग्न कार चालक मानबहादुर बानियाविरुद्ध उजुरी परेको थियो ।

बानियाले चलाएको कारको ठक्करबाट गण्डकी मेडिकल कलेजमा अध्ययनरत् हेमजाकी २३ वर्षीया अनिशा खड्का र जिरोकिमिकी २४ वर्षीया भावना बरालको ज्यान गएको थियो ।

पोखराबाट तालचोकतर्फ जाँदै गरेको बीएए ००४१ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको अनिशा र भवना सवार ग१३प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

यस मुद्दामा अदालतको आदेश आउनु अघि शुक्रबार र आइतबार पीडित पक्षले अदालत परिसरमा नाराबाजी गरेका थिए । उनीहरुले दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने बताएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया