महानिरीक्षक कुँवरद्वारा प्रहरी कार्यालय पाल्पामा नवनिर्मित भवनहरू उद्घाटन
पाल्पा । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय पाल्पा परिसरमा नवनिर्मित निवास, ब्यारेक, हिरासत कक्ष तथा भान्साघरलगायतका भवनहरूको आइतबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरे । सो क्रममा उनले उक्त नवनिर्मित भवनहरूको निरीक्षण समेत गरेका थिए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावहरुलाई प्रशंसापत्र प्रदान गरेका थिए । साथै, उनले स्रोत साधन र संरचनाहरूको अभावमा समेत कुनै सम्झौता नगरी नेपाल प्रहरीले आफ्ना जिम्मेवारी पूरा गर्दै आइरहेको उल्लेख गर्दै नवनिर्मित संरचनाहरूले प्रहरीलाई थप हौसला उर्जा र मनोवलका साथ व्यवसायिक तवरले स्तरीय सेवा प्रवाह गर्न मद्दत मिल्ने विश्वास व्यक्त गरे ।
संगठनलाई आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धिदेखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगबाट संगठनलाई संस्थागत रूपमा मजबुत, दक्ष र सक्षम बनाउन प्रहरी प्रधान कार्यालय सदैव कटिवद्ध र प्रयासरत रहेको बताए । प्रहरी महानिरीक्षक कुँवरले प्रहरी दक्ष, सक्षम र व्यावसायिक हुनु भनेको राज्य र आमनागरिकहरू लाभान्वित हुनु हो र यसले समस्त देश र दीगो विकासको लागि महत्वपूर्ण भूमिका निर्वाह हुने निश्चित रहेको उल्लेख गरे ।
सुरक्षाको अभावमा शान्ति र शान्तिको रिक्ततामा समृद्धि प्राप्तिको यात्रा पक्कै पनि सहज नहुने चर्चा गर्दै उनले भने, ‘सुरक्षा निकाय उपर हुने लगानी अन्तत राष्ट्रको समृद्धिको यात्रातर्फको एक कोशेढुंगा हो भनेर सबैले बुझ्न जरूरी छ ।’
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेशराज जोशीले धन्यवाद मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले र रामपुर नगरपालिकाका प्रमुख रमण वहादुर थापा लगायतले आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हेरम्ब शर्माले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई.रोशन सारूले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । नेपाल सरकारको नियमित बजेटबाट कूल छ करोड ९५ लाख ५५ हजार चार सय ३९ रूपैयाँ ३१ पैंसाको लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो ।
उद्घाटन समारोहमा जिल्लाका १० वटै पालिकाका प्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, पूर्व प्रहरी कर्मचारीहरू, स्थानीय समाजसेवी, भद्रभलादमी, संचारकर्मी एवं स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- कोषमा नपुगी मारवाडीबाट बाहिरियो मन्त्रालयको पत्र
- नेपालले मौसमी सङ्कटको सामना गरिरहेको छ: परराष्ट्रमन्त्री
- ‘वीरगञ्ज नाकाबाट हुने आयात लयमा फर्कियो, व्यापार र उद्योग अझै फर्किएन’
- शेयर बजारमा सामान्य बृद्धि
- ‘हरेक प्रदेशको आफ्नै प्रहरी सङ्गठन हुनुपर्छ’
- बालुवाटारमा तीन दलका शीर्ष नेताको बैठक सुरु
- नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोटमा एक सय ४० भन्दा बढीको मृत्यु
- अक्सफोर्ड विश्वविद्यालयको प्रमुख बन्न ३८ उम्मेदवार प्रतिस्पर्धामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया