सामाजिक संजालमार्फत जागीर लगाई दिने भन्दै १५ जनाबाट करिब १७ लाख ठगी गरेका राई पक्राउ
काठमाडौं । सामाजिक संजाल फेसबुकलगायतमा कामदारको माग गर्दै विज्ञापन पोष्ट गरी विभिन्न कम्पनीहरुमा मासिक ५० हजार रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै करिब १७ लाख रुपैयाँ ठगी गरेका खोटाङका ३४ वर्षीय हिमाल राई पक्राउ परेका छन् । काठमाडौंको गंगाहिटी, महाराजगन्जलगायतका विभिन्न स्थानहरुमा भिजन ड्रिमेरी प्रालि संचालन गरी विभिन्न किसिमका सिपमूलक तालिम प्रदान गरी नोकरी लगाई दिने भनि विश्वास दिलाई प्रतिव्यक्ति एक लाख १३ हजारका दरले १५ जनाबाट १६ लाख ९५ हजार रुपैयाँ रकम लिई राई सम्पर्कविहीन भएका थिए ।
उनले पीडितलाई तालिम समेत नदिई कार्यालय नै बन्द गरी सम्पर्कविहीन भई ठगी गरेकाले उक्त भिजन ड्रिमेरी प्रालिका संचालक राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बुढानिलकण्ठ नगरपालिकास्थित चपली हाईटको घुम्तीबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको जनाएको छ ।
क्याटेगोरी : सुरक्षा अपराध
ताजा अपडेट
- मन्त्री अधिकारीद्वारा नेपालको कृषि क्षेत्रमा लगानी गर्न आग्रह
- ज्योति विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टमा छुट
- आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेकोे विवरण माग
- सशस्त्र प्रहरीको सेटिङमा सीमा नाकामा तस्करी !
- गरिबी निवारणको एकीकृत कार्यक्रमको तयारी
- परिवर्तित नेपाली समाज र यसका असर
- के कस्ता छन् ? नेपाली पुँजीबजारका समस्याहरू
- आर्थिक गतिविधि घट्दो, सञ्चिति बढ्दो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया