Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार१७ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

१७ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) १७ अर्ब रुपैयाँको ट्रेजरी बिक्री गर्ने भएको छ । आज अपराह्न दुई बजेसम्म बोलकबोलमार्फत उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।

यसअघि पुस १६ गते २० अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री भएको थियो ।
पुस २४ गते मंगलबार जारी हुने ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउने छन् । ९१ दिन अवधिको आठ अर्ब रुपैयाँ र एक सय ८२ दिन अवधिको नौ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री हुनेछ । एक सय ८२ दिन अवधिको नौ अर्बमध्ये तीन अर्बको नयाँ बिल जारी गर्न लागेको हो । बाँकी सबै पुरानो नवीकरणअन्तर्गतको भएको केन्द्रीय बैंकले जनाएको छ । ९१ दिन अवधिको ट्रेजरी बिल चैत्र २७ गते र एक सय ८२ दिन अवधिको २०८१ असार २६ गते परिपक्व हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया