गण्डकीमा ह्याण्डबल संघ गठन, अध्यक्षमा पाठक
पोखरा । गण्डकी प्रदेशमा ह्याण्डबल संघ गठन भएको छ । प्रदेश खेलकुद विकास ऐन २०७७ र प्रदेश खेलकुद विकास नियमावली २०७८ अनुसार संघ गठन भएको हो ।
संघको अध्यक्षमा केशव पाठक सर्वसम्मत चयन भएका छन् । समितिको उपाध्यक्षमा गिरमान गुरुङ, महिला उपाध्यक्षमा शान्ती थापा वैद्य, महासचिवमा राजेन्द्र पहाडी, सचिवमा विशाल क्षेत्री, कोषाध्यक्षमा बिना गोतामे छन् ।
कार्यसमिति सदस्यमा प्रदिप बगाले (स्याङ्जा), पार्वती विक (नवलपुर), अधिप पाण्डे (तनहुँ), मोहन गुरुङ (कास्की), तिलक बहादुर अधिकारी (कास्की), कृष्ण सिंह बस्नेत (गोरखा) र कल्याण भण्डारी (बागलुङ) चयन भएका छन् ।
यसैगरी, केन्द्रिय प्रतिनिधिको रुपमा पूर्व राष्ट्रिय ह्याण्डबल खेलाडी देवेन्द्र कुमार शेरचनलाई चयन गरेको छ भने गण्डकी प्रदेशको प्रशिक्षकको जिम्मेवारी ह्याण्डबल प्रशिक्षक राम बहादुर क्षेत्रीलाई दिने निर्णय भएको छ ।
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया