रोजगारदाता र विद्युत् प्राधिकरणको द्वन्द्वका कारण श्रमिक मारमा
काठमाडौं । रोजगारदाता र नेपाल विद्युत् प्राधिकरणको द्वन्द्वका कारण हजारौँ श्रमिक मारमा परेको नेपाल धागो उत्पादक संघले जनाएको छ । ट्रंक र डेडिकेटेड लाइनको महसुल विवादका कारण प्राधिकरणले उद्योगहरूको बिजुलीको लाइन काटेर हजारौँ मजदुरको पेटमा लात हानेको संघको आरोप छ ।
संघका अनुसार नेपालका स्पिनिङ मिलमध्ये दुई स्पिनिङ मिल्सको प्राधिकरणले विद्युत्को लाइन काटिदिएको छ । आफू कार्यरत उद्योगमा प्राधिकरणले बिजुलीको लाइन काटिदिएर उद्योग बन्द भएपछि श्रमिकहरू आन्दोलनमा उत्रिएका छन् । रोजगारदाता र प्राधिकरणको द्वन्द्वका कारण श्रमिकलाई मारमा पार्न नहुने भन्दै उनीहरूले तत्काल श्रमिकको रोजगारीको ग्यारेन्टी गर्न माग गरेका छन् । सरकारको निर्देशनमा उद्योगमा कार्यरत मजदुरको ख्यालै नगरी प्राधिकरणले बिजुलीको लाइन काट्दा करिब छ हजार श्रमिककको रोजगारी गुमेको उनीहरूको आरोप छ ।
सरकारले पुस ६ गतेबाट स्पिनिङ मिल्सको लाइन काटेको थियो । नेपाल धागो उत्पादक संघले एक विज्ञप्ति जारी गरी बिजुलीको लाइन काट्दा उद्योगी र श्रमिक दुवै मारमा परेकाले तत्काल उद्योग सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ । सरकारले बिजुलीको लाइन काटिदिएपछि तत्काल उद्योग चल्ने -नचल्ने टुङ्गो छैन । संघका अनुसार उद्योगहरूले दूरदराजका गाउँ–गाउँबाट पिछडिएका वर्गलाई छ महिना तालिम दिएर दक्ष जनशक्ति तयार पारेका थिए । उद्योग बन्द भएपछि कतिपय श्रमिक अलपत्र परेका छन् भने एक हजारले जागिर नै छाडिसकेका छन् । यसको असर श्रमिकसँगै उनीहरू आश्रित परिवारको चुलोसम्म नै पुगेको संघले जनाएको छ ।
यस्तै, संघले हाल जागिर छाडेर गएका एक हजार दक्ष जनशक्ति तयार पार्न अर्को छ महिना लाग्ने र १० करोड रुपैयाँ खर्च हुने उल्लेख गरेको छ । सो अवधिमा उत्पादन पनि न्यून हुने संघले जनाएको छ । संघका अनुसार दैनिक छ करोडको धागो उत्पादन तथा निर्यात हुँदै आएकोमा विद्युत् लाइन काटिएपछि विदेशबाट उद्योगका अर्डरहरू धमाधम क्यान्सिल हुन थालेका छन् । अब उद्योग सञ्चालनमा आए पनि यस वर्ष पाँच अर्ब रुपैयाँको पनि धागो निर्यात नहुने अवस्था सिर्जना भएको संघको दाबी छ ।
छलफलबाट टुङ्ग्याउन सकिने ट्रंक र डेडिकेटेड लाइनको महसुल विवाद निकालेर सरकारले हजारौँ मजदुरको पेटमा लात हानेको संघको आरोप छ । आन्दोलनमा उत्रिएका कर्मचारीलाई काममा फर्काउने वातावरण मिलाउन तत्काल उद्योग खोल्न सरकारले वातारण मिलाउनुपर्ने संघको माग छ । सरकारले उद्योगको विद्युत् लाइन काटिदिँदा मजदुरको रोजीरोटीसँगै दैनिक ७८ लाख रुपैयाँ बराबरको राजस्व समेत गुमेको संघको भनाइ छ । यस्तै, नेपालमा सञ्चालित ढाका, होजियारी, टेक्सटायल उद्योगहरूमा समेत धागोको अभाव सिर्जना भएको छ । उद्योग बन्द नेपाली बजारमा विदेशी धागोको मूल्य समेत वृद्धि भएको संघले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 12
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया