दोलखामा निःशुल्क स्वास्थ्य शिविर
दोलखा । दोलखाको सदरमुकाम चरिकोटमा सञ्चालित हाडजोर्नी तथा नसासम्बन्धी तीन दिने निःशुल्क स्वास्थ्य शिविरबाट सात सय जना रोगी लाभान्वित भएका छन् ।
नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाको आयोजना तथा सुस्वास्थ्य अस्पताल काठमाडौं बानेश्वरको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट नयाँ चार सय ८५ र दोहोर्याउने दुई सय ८५ गरी सात सय रोगी लाभान्वित भएका शाखाका सभापति ईश्वरीप्रसाद दाहालले बताए । शिविरमा दुई चिकित्सक, एक थेरापिट्ससहित नौ जनाको टोली रहेको थियो । सुस्वास्थ्य अस्पतालका डा सुदर्शन बस्नेतले विशेषगरी हाडजोर्नी र नसासम्बन्धी रोगीका लागि शिविर सञ्चालन गरिएको बताए । उपचार पाएकामध्ये ७५ प्रतिशत महिला रहेका छन् ।
शिविरमा बाथ, पिनास, डिप्रेसन, अनिद्राका साथै कम्मर, गर्दन, घुँडा, जोर्नी दुख्ने, नसासम्बन्धी र माइग्रेनसम्बन्धी अकुपन्चर, थेरापी र प्राकृतिक चिकित्सा पद्धति मिश्रणबाट उपचार भएको छ । उपचार गराउनेमध्ये ६० प्रतिशतमा घुँडा दुख्ने रोग लागेको देखिएको छ । शुक्रबारदेखि सुरु भएको शिविर आइतबारसम्म चलेको थियो ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3
ताजा अपडेट
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
- ‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’
- मेटा र स्पोटिफाइद्वारा युरोपेली संघको आलोचना
- पलेशा र अन्य पारा खेलाडीलाई एनसेल फाउन्डेसनको सम्मान
- भैँसेपाटी स्पोर्ट्स एकेडेमी
- यज्डी मोटरसाइकलको तीन ठूला अफर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया