‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ नेप्सेमा सूचीकृत
काठमाडौं । ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडबीच १० वर्षे अवधि तथा १० प्रतिशत वार्षिक ब्याजदर भएको १० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९० डिबेन्चर/ऋणपत्रको कुल ३० लाख कित्ताको सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।
जसअनुसार क्रम संख्या एकदेखि ३० लाखसम्मको अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ रहेको छ । कम्पनीले सर्वसाधारण समक्ष हिमालयन क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी)मार्फत खुल्ला बिक्री आह्वान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको ३० लाख कित्ता ऋणपत्र धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मिति २०८०/०९/०१ गतेको निर्णयानुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण गरिएकोे हो ।
बैंकले देशैभर फैलिएका आफ्ना एक सय ९० वटा शाखा, एक सय ५१ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १६ लाख ९६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया