एनआईसी एसिया लघुवित्तको सञ्चालकमा खड्का
काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको सञ्चालक पदमा कमल खड्का नियुक्त भएका छन् । संस्थापक एनआईसी एसिया बैंक लिमिटेडको सञ्चालक समितिको बैठकको निर्णयअनुसार खड्कालाई संस्थापक समूहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाइएकोमा संस्थाको बिहीबार बसेको सञ्चालक समितिको बैठकले उनलाई उक्त सञ्चालक पदको बाँकी रहेको कार्यकालसम्मको लागि नियुक्त गरेको हो । उक्त पदमा यसअघि सञ्चालक दिनेश भारी संस्थापक समूहमा संस्थापक एनआईसी एसिया बैंक लिमिटेडको तर्पmबाट प्रतिनिधित्व गर्दै आएका थिए ।
साथै, नवनियुक्त सञ्चालक खड्काले संस्थाका अध्यक्ष सन्तोषकुमार राठी समक्ष सपथग्रहण गरी आफ्नो पद बहाल गरेका छन् । बैंकिङ क्षेत्रमा करिब १० वर्षदेखि कार्यरत रहेका खड्का एनआईसी एसिया बैंक लिमिटेडमा आन्तरिक लेखापरीक्षण विभागमा विभागीय प्रमुखको रूपमा कार्यरत रहनुका साथै पेसाले चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । उनको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरू माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रूपमा स्थापित गराउन अभैm थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया