म्यान्मारबाट नौ महिनामा साढे नौ लाख टन चामल निर्यात
याङ्गुन । म्यान्मारले आर्थिक वर्ष २०२३/२४ को पहिलो नौ महिनामा नौ लाख ५३ हजार पाँच सय दुई टन चामल निर्यात गरेको छ । सो निर्यातबाट चार सय ६२ मिलियन अमेरिकी डलर आम्दानी भएको हालै सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । नौ महिनाको अवधिमा पनि डिसेम्बर महिनामा सबैभन्दा बढी चामल निर्यात भएको र राजस्व ९९ मिलियन डलर संकलन भएको तथ्यांकले देखाएको छ ।
स्रोतका अनुसार डिसेम्बरमा एक लाख एक हजार एक सय ५६ टन चामल र ९४ हजार छ सय ७२ टन कनिका निकासी भएको थियो । म्यान्मारले इन्डोनेसिया, फिलिपिन्स, चीन, पोल्याण्ड, मलेसिया, बेल्जियम, नेदरल्यान्ड्स र भियतनामलगायत २० भन्दा बढी देश र क्षेत्रहरूमा चामल निर्यात गर्ने गर्दछ । रासस/सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया