प्राथमिकताका आधारमा योजना कार्यान्वयन गर्दै गुल्मी दरबार
बुटवल । गुल्मीको गुल्मी दरबार गाउँपालिकाले प्राथमिकताका आधारमा योजना कार्यान्वयन गर्दै निर्धारित समयमै सम्पन्न गर्ने रणनीतिमा लिएको छ । पालिकाले योजना छनोट गर्दा नै आवश्यकताका आधारमा छनोट गरेकोले सोहीअनुसार कार्यान्वयनमा लाने गरिएको गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाले जानकारी दिए ।
अध्यक्ष थापाले पालिकामा हालसम्म एक घर एक धारा कार्यक्रमअन्तर्गत ९५ प्रतिशतको हाराहारीमा स्वच्छ पिउने पानीको व्यवस्था मिलाएको बताए । योसँगै गाउँपालिकामा देखिएको पानीको समस्या पूर्णरूपमा समाधान हुने अवस्थामा रहेको उनले जानकारी दिए । यस्तै, कृषिमा समेत आत्मनिर्भर भई निर्यात गर्ने अवस्थामा पुगेको उनले बताए । गाउँपालिकाले गर्भवती महिला, विपन्न परिवारका विरामीहरूलाई निःशुल्क एम्बुलेन्स, न्यूनतम विद्युत् खपतमा गर्ने सेवाग्राहीका लागि निःशुल्क विद्युत्, मोतियाविन्दुका बिरामीका निःशुल्क अप्रेसन, विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमालगायतको व्यवस्था गरेको छ । यसैगरी कृषकलाई विशेष अनुदान, कृषि उद्यमशीलताको लागि आवश्यक तालिम, प्रविधिमैत्री कृषि प्रणालीमा जोड, दूध र तरकारीमा अनुदान, भूमि बैंकको स्थापना लगायका कार्य गर्दै आएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थीले गाउँपालिकाले सीमित स्रोत र साधनका बाबजुत पनि स्थानीयको अधिकतम समस्याहरू समाधान गर्ने गरेको बताए । चालू आर्थिक वर्षको छ महिना सकिन लाग्दा पुँजीगत खर्चको अवस्था सामान्य देखिए पनि बहुवर्षीय योजनाबाहेक अन्य योजना समय अगावै सम्पन्न हुनेगरी कार्य अगाडि बढाएको उनले जानकारी दिए । संघीय र प्रदेश सरकारले स्थानीय तहलाई राजस्व बाँडफाँटबाट प्राप्त हुने तथा वित्तीय अनुदानमार्फत दिनुपर्ने रकम समयमै दिन नसकेको गुनासो गर्दै उनले स्थानीय तहको विकासका लागि संघ र प्रदेश सरकार गम्भीर हुनुपर्ने बताए ।
क्याटेगोरी : गाउँ पालिका
ट्याग : #Page 8
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया