घाट पुग्ने सडक नबन्दा समस्या
दोलखा । सदरमुकाम चरिकोटदेखि करिब ७ किलोमिटर दूरीमा रहेको भीमेश्वर नगरपालिका वडा नम्बर–२ र ३ पर्ने देउघाट पुग्ने पुरानो सडक अलपत्र परेको छ । सडक निर्माणको बारेमा भीमेश्वर नगरपालिकालाई पटक–पटक ध्यानकर्षण गराउँदा समेत चासो नदिएको स्थानीयको गुनासो छ ।
दोलखा बजारदेखि तीन किलोमिटरको छोटो पर्ने सडक मर्मतमा नगरपालिकासँग पटक–पटक बजेट माग गरे पनि नपाएको भीमेश्वर नगरपालिका–३ का स्थानीय सन्तोष थापाले बताए । ‘हिउँदमा समेत बाटो हिलाम्मे हुन्छ’, थापाले भने, ‘अन्य स्थानीय तहमा गाउँघरमा मान्छे हिँड्ने बाटो समेत ढलान भइरहँदा यहाँ भने सडक स्तरोन्नति गरेर घाट आवतजावत गर्न सहज बनाइदेऊ न भन्दा समेत नगरका जनप्रतिनिधिले सुन्दैनन् ।’ उनका अनुसार वर्षात्को समयमा झरेको पहिरोले चारैतिर बाटो अवरुद्ध बनेको छ । शव बोकेर जाने सवारीबीच बाटोमै रोकिन्छन्, पहिरो पन्छाउन थोरै रकम विनियोजन गर्न समेत स्थानीय सरकारले चासो नदिएको भीमेश्वर नगरपालिका–२ दोलखा बजारका स्थानीय राम श्रेष्ठले बताए । यहाँको देउघाटमा वडा नम्बर–३ सदरमुकाम चरिकोटको पुरानो बजार र वडा नम्बर–२ दोलखा बजारका स्थानीयको साझाघाट हो ।
हिजोआज घाटमा शव लिएर जाने सडक हिलाम्मे छ । घाटसम्म पैदल जान समेत समस्या रहेको श्रेष्ठले सुनाए । आफूहरूले स्थानीय, प्रदेश र संघका प्रतिनिधिलाई समेत घाटजाने बाटोको बारेमा सुनाए पनि कुनै सुनुवाई हुन नसकेको उनको गुनासो छ । करिब १० लाख बजेट भए घाट आवतजावत गर्ने सडक मर्मतसँगै सडक सरसफाइ र घाटलाई थप व्यवस्थापन गर्न सकिने स्थानीय राजेश श्रेष्ठले बताए ।
क्याटेगोरी : नगरपालिका
ट्याग : #Page 8
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया