Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधमलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ


काठमाडौं । मलेसिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा रौतहट बुद्धावन नगरपालिका घर भई काठमाडौंको शान्तीनगर बस्ने ३२ वर्षीय विन्दालाल शाह कानुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विन्दालालले एक जनालाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट रकम ठगी गरेका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया