गण्डकी प्रदेश प्रहरी प्रमुख गुरुङको सरुवा, खनाल आउने
पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डिआइजी) बुद्धिराज गुरुङको सरुवा भएको छ । गृह मन्त्रालयमा मंगलबार बसेको गृहमन्त्रीस्तरीय बैठकले उनको सरुवा गरेको हो ।
डिआइजी गुरुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ । डिआइजी गुरुङ २०७९ पुस २९ मा सरुवा भइ गण्डकीको कमाण्ड सम्हाल्न आएका थिए । गुरुङको स्थानमा प्रहरी प्रधान कार्यालयबाट विकासराज खनाल गण्डकीमा आउने भएका छन् ।
गृह मन्त्रालयले गुरुङसंगै १६ जना डिआइजीको सरुवा गरेको हो । यसअघि अख्तियारमा कार्यरत डिआइजी चन्द्र कुबेर खापुङलाई कोशी पठाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जमा कार्यररत यज्ञ विनोद पोखरेललाई मधेश प्रदेश काज सरुवा गरिएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत डिआइजी किरण राणालाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज पठाइएको सूचनामा जनाइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया