इजरायली प्रधानमन्त्री नेतान्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू
जेरुसेलम, जेठ १२
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको भ्रष्टाचारसम्बन्धी मुद्दामाथि आइतबार सुनुवाइ सुरू भएको छ । एएफपीका अनुसार पहिलो दिनको सुनुवाइ करिब एक घण्टा भएको इजरायली अधिकारीले बताएका छन् । सुनुवाइका क्रममा नेतान्याहुले आफ्नो पहिचानका बारेमा पुष्टि गर्ने खालका धारणा मात्र राखेका छन् । त्यसपछि अदालतले सुनुवाइलाई स्थगित गरेको थियो । इजरायली राजनीतिमा अनुभवी नेता नेतान्याहुको पक्षमा वकालत गर्ने टोलीले प्रमाण समिक्षा गर्नका लागि प्रशस्त समयका लागि अनुरोध गरेका बताइएको छ । अदालतले अर्को सुनुवाइकाको लागि मिति निर्धारण नगरीकन सुनुवाइलाई स्थगित गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नेपाली बजारमा एलजीको नानोसेल टीभी सार्वजनिक
- नेसनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
- इ–सेवाको घर जित्ने विजेता घोषणा हुने
- धनी देशले प्रत्येक वर्ष तीन सय अर्ब अमेरिकी डलर तिर्ने सहमति
- सरकारी खर्चको वर्तमान अवस्था र स्थिति
- नेपालमा नबढेको चिनियाँ पर्यटकको संख्या
- द्वन्द्वपीडितका घाउचोटको छिटो उपचार गर
- राष्ट्रिय गौरवका आयोजनाका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया