पोखरामा बढाइएको राजश्व फिर्ता लिन कांग्रेसको माग
पोखरा । नेपाली कांग्रेस कास्की र पोखरा महानगर समितिले पोखरा महानगरपालिकाभित्र बढाइएको राजश्व तत्काल घटाउन माग गरेको छ । जिल्ला सभापति किशोरदत्त बराल र महानगर सभापति सुरेन्द्रमान बिजुक्छेले बुधबार संयुक्त विज्ञप्ति प्रकाशित गरी यस्तो माग गरेका हुन् ।
महानगरपालिका पोखरेली जनताको अविभावकीय संस्था भएकोले जनताको हितमा काम गर्नुपर्ने तर्फ ध्यानाकर्षण गराइएकोे छ । ‘आर्थिक वर्ष ०८०/०८१ का लागि बढाईएको राजश्व वृद्धि जनताको हितमा नभएकाले राजश्व वृद्धिमा पुन:विचार गर्न आवश्यक देखिएको छ’, विज्ञप्तिमा भनिएको छ ।
नेपाली कांग्रेस, कास्की र नेपाली कांग्रेस पोखरा महानगर समितिको तर्फबाट २०८० साउन २८ मा संयुक्त प्रेस विज्ञप्तिमार्फत अनुरोध गर्दासमेत पोखरा महानगरपालिकाले आजसम्म पनि आवश्यक निर्णय नगरेको भन्दै पुन: ध्यानाकर्षण गराउनु परेको विज्ञप्तिमा उल्लेख छ ।
पोखरा महानगरपालिकाको आगामी कार्यपालिका बैठक तथा नगरसभामा यस सम्वन्धमा गम्भीर अध्ययन, छलफल र वहस गरी अनावश्यक रुपमा विभिन्न शीर्षकमा वृद्धि गरिएको राजश्व घटाएर जनताको पक्षमा निर्णय गर्न अनुरोध गरिएकोे छ ।
पार्टीको अनुरोधलाई वेवास्ता गरिएमा नेपाली कांग्रेस जनताको पक्षमा जस्तोसुकै दवावमूलक कार्यक्रम सञ्चालन गर्न तयार रहेको स्पष्ट पारिएको छ । पोखरामा कांग्रेसबाट निर्वाचित भएका वडाध्यक्षहरुले पनि राजश्व घटाउन माग गर्दै मंगलबार बोलाइएको कार्यपालिका बैठक बहिष्कार गरेका थिए ।
क्याटेगोरी : राजनिति
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया