अमेरिकाको बजेट घाटा आधा ट्रिलियन डलर
वासिङ्टन डिसी । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अमेरिकी बजेट घाटा आधा ट्रिलियन डलरभन्दा माथि पुगेको छ । ट्रेजरी विभागले बिहीबार सार्वजनिक गरेको रिपोर्टअनुसार सन् २०२३ अक्टोबरदेखि डिसेम्बरसम्म बजेट घाटा पाँच सय १० बिलियन अमेरिकी डलर छ । डिसेम्बर माहिनामा मात्र एक सय २९ दशमलव चार बिलियन अमेरिकी डलरबराबरको बजेट घाटा देखिएको छ । जुन एक वर्षअघिको तुलनामा ५२ प्रतिशत बढी हो । घाटामा भएको उछालका कारण अमेरिकाको सरकारी ऋण ३४ ट्रिलियन डलर पुगेको छ ।
आर्थिक वर्ष २०२३को पहिलो त्रैमासिकमा खर्च र प्राप्तिबीचको भिन्नता चार सय २१ दशमलव चार बिलियन डलर थियो । बजेट घाटाको यो गति जारी रह्यो भने यो वर्ष दुई ट्रिलियनभन्दा बढीको घाटा पुग्ने अनुमानहरु गरिएको छ । मुद्रास्फीति न्यूनीकरण ऐनले मूल्य घटाउनुका साथै बजेट घाटा सयौँ अर्ब कम हुने बाइडेन प्रशासनले दाबी गर्दै आएको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया