पोखरा । पोखरा महानगरपालिकाको १४औँ नगरसभा सुरु भएको छ । नगरसभामा विधायन समितिको तर्फबाट संयोजक पुष्पेन्द्र पाण्डेले भवन नियमित तथा अभिलेखीकरणसम्बन्धी कार्यविधि २०८०, आर्थिक ऐन २०८० पहिलो संशोधन र बाल अधिकारसम्बन्धी ऐन २०७४ तेस्रो संशोधन विधेयक नगरप्रमुख एवं सभाका अध्यक्ष धनराज आचार्य समक्ष टेबुल गरेका छन् ।
यस्तै, पोखरा महानगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक मन्जुदेवी गुरुङले समितिको अर्धवार्षिक प्रतिवेदन, न्यायिक समिति सदस्य भावना श्रेष्ठको राजीनामा र नयाँ सदस्य नियुक्तिको प्रस्ताव पनि अध्यक्ष आचार्य समक्ष टेबुल गरिन् । साथै सार्वजनिक लेखा समितिका संयोजक झपट बहादुर रानाभाटले सार्वजनिक लेखा समितिको प्रतिवेदन प्रमुख समक्ष टेबुल गरे ।
महानगरपालिकाको आर्थिक ऐन २०८० अध्ययन गरी सुझाव पेस गर्न पोखरा महानगरपालिका वडा नं.४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीको संयोजकत्वमा १३ सदस्यीय विशेष समिति नगर सभाले गठन गरेको छ । प्रतिवेदन पेश गर्न समितिलाई १५ दिनको समय सीमा तोकिएको छ । समितिले पेश गरेको प्रतिवेदनका आधारमा आर्थिक ऐन २०८० पुनरावलोकनको टुङ्गो भने नगरसभाको अर्को बैठकले लगाउने छ ।
विधायन समितिको तर्फबाट टेबुल गरिएका विधेयकहरू, न्यायिक समितिको प्रतिवेदन, न्यायिक समिति सदस्य श्रेष्ठको राजीनामा र नयाँ नियुक्तिको प्रस्ताव, आर्थिक ऐन अध्ययन विशेष समिति गठनलगायत केही प्रस्तावहरू सभामा छलफलका लागि पेश गर्दै नगरसभाको अर्को बैठक माघ १८ गते बस्ने गरी नगरप्रमुख धनराज आचार्यले आइतबारको बैठक स्थगित गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया