काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले सेयरधनीहरूका लागि दुई प्रतिशत लाभांश वितरण गर्ने भएको छ । आयोजना सञ्चालनको तीन महिनाको अवधिमा नै कम्पनीले सेयरधनीहरूको लागि लाभांश वितरण गर्ने भएको हो ।
कम्पनीको शनिबार सम्पन्न १३ औँ र १४ औँ संयुक्त साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट दुई प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीका अध्यक्ष पुष्पज्योति ढुंगानाको अध्यक्षतामा भएको सभाले आर्थिक वर्ष २०७८/७९ र आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरेको छ । सभामा कम्पनीका अध्यक्ष ढुंगानाले कास्कीको मादी नदीमा निर्माण भएको ४४ मेगावाटको सुपर मादी जलविद्युत् आयोजना छोटो समय र तुलनात्मकरूपमा कम लागतमा नै निर्माण सम्पन्न गरिएको बताए । यस्तै, सभाले आगामी दिनमा आयोजनामार्फत अन्य सम्भावित आयोजनाहरूमा समेत लगानी गर्न सञ्चालक समितिलाई स्वीकृति दिएको छ । यस्तै, ताप्लेजुङको तमोर नदीमा निर्माणाधीन दुई सय ८५ मेगावाट क्षमताको अपर तमोर जलविद्युत् आयोजनामा समेत यस कम्पनीद्वारा लगानी गर्न गरिएको प्रस्तावलाई पनि सभाले पारित गरेको छ ।
साधारणसभाबाट कम्पनीको आगामी चार वर्षको कार्यकालका लागि संस्थापक सेयरधनीको तर्फबाट पाँच जना सञ्चालक समेत चयन भएका छन् । पुष्पज्योति ढुंगाना, रघुनाथ पुरी, धनराज आचार्य, मित्रप्रसाद काफ्ले र बाबुराम थापा सञ्चालकमा निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालकमा अरुणा पराजुली निर्विरोध निर्वाचित भएकी छिन् भने स्वतन्त्र सञ्चालकमा विष्णुप्रसाद पाण्डेय चयन भएका छन् । यस सुपर मादी हाइड्रो पावर लिमिटेडले निर्माण गरेको सुपर मादी जलविद्युत् आयोजनाको गत वर्ष निर्माण सम्पन्न भएको थियो । सो आयोजनाले व्यापारिक उत्पादन २०७९ चैत्र २७ गतेदेखि थालेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- इजरेल किन अधीनस्थ वेस्ट ब्याङ्कमा बस्ती बसाउने काम रोक्दैन ?
- दुर्घटना अपडेटः बसको ठक्करबाट घाइते महिलाको पनि मृत्यु
- उदाउँदो चन्द्रमालाई अघ्र्य दिँदै चौठचन्द्र पर्व सम्पन्न
- राजनीतिक परिवर्तनप्रति कर्मचारीहरुले गरेको योगदान प्रशंसायोग्य छ :प्रधानमन्त्री
- हरितालिका (तीज) : पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भीड
- संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री ओली न्यूयोर्क जानुहुने
- जेष्ठ नागरिकको अवस्था
- नेपालको वैदेशिक व्यापारमा चुनौतीहरू
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया