Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारज्योति विकास बैंकको एकीकृत वित्तीय विवरण पारित

ज्योति विकास बैंकको एकीकृत वित्तीय विवरण पारित


काठमाडौं । ज्योति विकास बैंकको १६औँ वार्षिक साधारणसभा आइतबार काठमाडौंमा सम्पन्न भएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको अध्यक्षतामा सम्पन्न सभामा भौतिकका साथै अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने व्यवस्था गरेबमोजिम सेयरधनीहरूले आफ्नो अनुकुलको माध्यमबाट उपस्थिति जनाएका थिए ।

सभाले बैंकको आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तसम्मको बासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

सभाले ज्योति विकास बैंक लिमिटेडको सर्वसाधारण सेयरधनी समूह तर्फबाट प्रतिनिधित्व गर्ने महिला सञ्चालक पदमा श्रीमन महर्जनलाई आगामी चार वर्षको लागि निर्विरोध निर्वाचित गरेको छ । सभाले बैंकको आव २०८०/८१ को लेखापरीक्षण गर्न लेखा परीक्षक नियुक्ति गर्नुको साथै बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लिमिटेडको आव २०७९/८० को वित्तीय विवरणसहितको बैंकको एकीकृत वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

साधारणसभामा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले वार्षिक प्रतिवेदन संक्षिप्तमा प्रस्तुत गरेका थिए । यसैगरी सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले समीक्षा अवधिमा बैंकले हासिल गरेका मुख्य उपलब्धिहरूको बारेमा जानकारी गराएका थिए । साथै, बैंकको आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदनमा विभिन्न सेयरधनीले आ–आफ्नो जिज्ञासा र सुझाव दिएका थिए । सेयरधनीहरूबाट आएका उक्त जिज्ञासाको जवाफ अध्यक्ष खड्का र प्रमुख कार्यकारी अधिकृत ढकालले दिएका थिए । आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । समीक्षा अवधिमा बैंकले नेपाल सरकारलाई राजस्वमा जम्मा ६२ करोड ७५ लाखको उल्लेखनीय योगदान पुर्याएको छ । संस्थागत सुशासनलाई शिरोपर गरी ग्राहक, कर्मचारी, नियामक निकाय, सेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिबद्ध रहेको छ । बैंकको हालको चुक्ता पुँजी चार अर्ब ३९ करोड ५७ लाख ८५ हजार रहेको छ । बैंकले हाल एक सय २१ वटा शाखा कार्यालय, तीन वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया