एनएमबी बैंकको सञ्चालकमा गोयल र कटुवाल निर्वाचित
काठमाडौं । एनएमबी बैंकले २८औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकको काठमाडौंमा सम्पन्न साधारणसभाबाट संस्थापक सेयरधनीको तर्फबाट सञ्चालकमा मनोजकुमार गोयल र जीवनकुमार कटुवाल निर्वाचित भएका छन् । सर्वसाधारण सेयरधनीको समूहबाट सञ्चालकमा उत्तम भ्लोन, शिरीषकुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका छन् ।
यसैगरी एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दी प्रकाशलाई मनोनित गरी पठाएकोबारे साधारणसभामा जानकारी गराइएको थियो । एनएमबी बैंक सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्यानको सभापतित्वमा भएको साधारणसभामा सञ्चालक र सेयरधनीहरूको उपस्थिति रहेको थियो । २०८० असारसम्म बैंकको खुद नाफा तीन अर्ब २२ करोड, निक्षेप दुई खर्ब १३ अर्ब चार करोड र कुल कर्जा रकम एक खर्ब ९७ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । बैंकले हाल देशभरि फैलिएका आफ्ना दुई सय एक वटा शाखा, एक सय ७१ वटा एटीएम र १२ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया