शिवम् सिमेन्टको लाभांश पारित
काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडको सेयरधनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । कम्पनीको आठौँ वार्षिक साधारणसभाले आव २०७९।८० सम्मको सञ्चित मुनाफाबाट सो लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
कम्पनीले आव २०७९।८०सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजी चार अर्ब ४० करोड रुपैयाँको १४ दशमलव २५ प्रतिशतका दरले ६२ करोड ७० लाख रुपैयाँ बराबरको बोनस सेयर र शून्य दशमलव ७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) तीन करोड ३० लाख नगद लाभांश गरी १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने जनाएको छ । हाल कम्पनीको अधिकृत पुँजी सात अर्ब र जारी तथा चुक्ता पुँजी चार अर्ब ४० करोड रहेको छ । अब १४ दशमलव २५ प्रतिशतका दरले बोनस सेयर वितरण गरेपश्चात कम्पनीको जारी तथा चुक्ता पुँजीमा वृद्धि भई पाँच अर्ब दुई करोड ७० लाख कायम हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीले शुक्रबार राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा आठौँ वार्षिक साधारणसभा गरेको थियो । कम्पनी अध्यक्ष गौरव गोयलको अध्यक्षतामा बसेको सभाले सञ्चालक समितिले प्रस्ताव गरेका सामान्य प्रस्ताव र विशेष प्रस्तावहरू समेत पारित गरेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- एनपिएल: सुदूरपश्चिम टोलीलाई नेपाल टेलिकमद्वारा प्रायोजन
- शान्ति प्रक्रिया टुङ्ग्याएर नेपालबाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौँ: अध्यक्ष दाहाल
- दुर्गा प्रसाईंलाई म्याद थपका लागि अदालतमा पेस
- भारतसँग व्यापार सहजीकरण गर्न चेम्बरको आग्रह
- मापदण्डविपरीत गरेका कर्मचारी सरुवा सच्याउन निर्देशन
- विष्णुमती कोरिडोरको टहरामा राखिएका ८२ पसल हटाइयो
- महिला खेलाडीको सफलतामा बजेटको अभाव
- भूगर्भमै सीमित बागलुङका तामा खानी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया