अफगानिस्तानमा ११० वटा विकास परियोजना सुरु
काबुल । अफगानिस्तानको कामचलाउ सरकारको सार्वजनिक निर्माण मन्त्रालयले मार्च २१, २०२३ देखि हालसम्म १ सय १० भन्दा बढी विकास तथा मर्मत सम्भार परियोजना सुरु गरेको मन्त्रालयका प्रवक्ता अशरफ हकशेनासले बताएका छन् ।
हकशेनसलाई उद्धृत गर्दै टोलोन्यूजले आइतबार प्रकाशित गरेको समाचारअनुसार विगत १० महिनामा दुई अर्ब अफगानी (एक अमेरिकी डलर बराबर ७० अफगानी रूपैया) मूल्यका ९० भन्दा बढी मर्मतसम्भार परियोजना सम्पन्न भएका छन् । हकशेनासका अनुसार सुरु गरिएका परियोजनामा देशका विभिन्न भागमा करिब एक हजार किलोमिटर सडक, ३० वटा पुलका खम्बा, जलाशययुक्त बाँध र सुरक्षात्मक पर्खाल निर्माण भएका छन् । काबुल–कान्दाहार राजमार्ग, अफगान रिङरोड निर्माण र अफगानिस्तानको राष्ट्रिय राजधानी काबुललाई नौ वटा उत्तरी प्रान्तसँग जोड्ने सलाङ सुरुङको पुनर्निर्माण सार्वजनिक कार्यका लागि मन्त्रालयको उपलब्धिमध्ये एक हो ।
यसैबीच, उपअर्थमन्त्री अब्दुल लतिफ नजरीले प्रशासनले आर्थिक चुनौतीहरू पार गर्न र रोजगारीका अवसरहरू सिर्जना गर्ने प्रयासमा रेलवे, राजमार्ग, ऊर्जा विकास र खानी र पारदर्शी निकासीजस्ता पूर्वाधार परियोजनाहरू सुरू गर्ने बताए ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया