गण्डकी प्रदेश प्रहरी प्रमुख खानलद्वारा पदभार ग्रहण
पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भई आएका प्रहरी नायव महानिरीक्षक (डिआइजी) विकाशराज खनालले आज गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गरेका छन् । डिआइजी खनाललाई पोखरा उपत्यकामा रहेका प्रहरी कार्यालयका प्रमुखहरुले स्वागत गरेका थिए ।
स्वागत तथा पदभार ग्रहणपश्चात डिआइजी खनालले प्रदेशको शान्ति सुरक्षामा संगठनको मूल्य मान्यतालाई आत्मसाथ गरी त्रुटिरहित तवरले कार्यसम्पादन गर्न निर्देशन दिए । गृह मन्त्रालयले डिआइजी खनाललाई पुस २४ गते गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्ने गरि सरुवा गरेको थियो ।
यसअघिका प्रदेश प्रहरी प्रमुख डिआइजी बुद्धिराज गुरुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल काठमाडौंमा सरुवा गरिएको थियो । उनी गण्डकीबाट आइतबार बिदा भएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया