सम्मरीमाई गाउँपालिकाका योजनाहरू कार्यान्वयनमा
बुटवल । सम्मरीमाई गाउँपालिका रुपन्देहीले चालू आर्थिक वर्षका लागि छुट्याइएका योजनाहरू धमाधम कार्यान्वयनमा लगेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरीका अनुसार चालू आर्थिक वर्षका लागि साना–ठूला गरेर करिब तीन सयको हाराहारी रहेका छन् । यी सबै योजनाहरू कार्यान्वयनमा गएको उनले जानकारी दिए ।
पालिकाले चालू आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, कृषि, खानेपानी, ढल निकास, सामाजिक विकास, विभिन्न प्रकारका सिपमूलक तालिमहरूलगायतका क्षेत्रहरूलाई विशेष प्राथमिकतामा राखेको थियो । सोहीअनुसार कार्यसम्पादनमा लागेको प्रमुख प्रशासकीय अधिकृत चौधरीले बताए । यस्तै, उनले कार्यसम्पादनमा सोचेभन्दा केही समय ढिला भएको जानकारी दिए । समयमै उपभोक्ता समिति गठन गरेर काम नगर्ने, आफू खुसी काम गर्ने, समयमै सुरु गरेर समयमै योजनाहरू सकौँ भन्ने भावनाको विकास नहुनेलगायतका कारण काम गर्न केही समस्या हुने गरेको उनको भनाइ छ । यस्तै, स्थानीय तहहरूमा कार्यसम्पादनमा चुनौती हुनुको मुख्य कारण भनेको कर्मचारी र जनप्रतिनिधिबीचको तालमेल नमिल्नु रहेको उनी बताउँछन् ।
सम्मरीमाई गाउँपालिकामा भने विकास निर्माणको जग बसिसकेको उनले बताए । ‘पहिले सबै क्षेत्रहरूमा बिरामी लिन जान एम्बुलेन्स पनि जान नसक्ने बाटाहरू थिए । आज त्यो अवस्थाको अन्त्य भएको छ । साक्षता बढ्दै गएको छ । कृषि उपजहरूले बजार पाउन सहज हुँदै गएको छ’, उनले भने, ‘व्यावसायिक कृषि प्रणाली फस्टाउँदो छ । शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, पूर्वाधार, सामाजिक विकासजस्ता क्षेत्रहरूले फड्को मार्न थालेको छ ।’ गाउँपालिकाले अगाडि सारेका विभिन्न कृषक प्रोत्साहनका कार्यक्रमहरूले कृषि उत्पादन वृद्धि भई जनताको आयस्तरमा वृद्धि भएको उनले बताए ।
चालू आर्थिक वर्षका लागि छुट्याइएका योजनाहरू द्रूत गतिमा बढाउने तयारी भइरहेको पालिकाका लेखा अधिकृत प्रकाश पौडेलले बताए । सबै क्षेत्रका योजनाहरूमा काम एउटै समयमा बढी हुने र भुक्तानी पनि योजना सम्पन्न भएर अनुगमनपछि गरिने हुँदा सुरुमा भन्दापछि अन्तिम समयमा एकैपटक प्रगति देखिने उनले जानकारी दिए । गाउँपालिकामा आन्तरिक आम्दानीको अवस्था न्यून छ । लेखा अधिकृत पौडेलले आन्तरिक आम्दानीको स्रोत वृद्धिका आधारहरू पनि कम भएको बताए ।
क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका, समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया