‘ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयर’ हुने
काठमाडौं । अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीहरूका लागि लक्षित गर्दै ‘ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयर’ सञ्चालन हुने भएको छ । अष्ट्रेलियाका विश्वविद्यालयहरूमा नेपालका विद्यार्थीहरूलाई पठाउनका लागि विगत ३२ वर्षदेखि काउन्सिलिङ गर्दै आइरहेको ग्लोबल रिच नेपालले शुक्रबार माघ ५ गते फेयर सञ्चालन गर्न लागेको हो ।
काठमाडौंको डिल्लीबजारस्थित आफ्नै कार्यालयमा ग्लोबल रिचले फेयर सञ्चालन गर्न लागेको जानकारी दिएको छ । फेयरमा एकै छानामुनी अष्ट्रेलियाका २५ भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुनेछन् । कार्यक्रममा सहभागी हुने विद्यार्थी र अभिभावकले विश्वविद्यालयका प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्नेछन् । कार्यक्रममार्फत विद्यार्थीहरूलाई शतप्रतिशतसम्म छात्रवृत्ति उपलब्ध हुने ग्लोबल रिचले जनाएको छ । कार्यक्रममा सहभागी भएमा अष्ट्रेलियामा लागू भएको नयाँ नियम र यसले पार्ने असरबारे समेत जानकारी पाइनेछ । साथै उच्च शिक्षा अध्ययनपश्चात् कस्ता–कस्ता कामका लागि अवसर आउँछन् भन्नेबारे समेत जानकारी पाउनेछन् ।
कार्यक्रममा सहभागिताका लागि कुनै पनि शुल्क लाग्दैन । ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयरमा विश्वस्तरका विश्वविद्यालयहरू जस्तैः न्यू साउथ वेल्स युनिभर्सिटी, सिड्नी, युनिभर्सिटी अफ क्वीन्सल्याण्ड, युनिभर्सिटी अफ सिड्नी, युनिभर्सिटी अफ एडिलेडका प्रतिनिधिहरू सहभागी हुनेछन् । काठमाडौंमा मात्र नभएर ग्लोबल रिचले चितवन, बुटवल र पोखरामा समेत एजुकेसन फेयर सञ्चालन गर्ने जनाएको छ । काठमाडौंमा माघ पाँच गते फेयर सञ्चालन गर्न लागेको ग्लोबल रिचले चितवनमा शनिबार, माघ ६ गते फेयर सञ्चालन गर्नेछ । सो फेयरमा १४ भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहने कम्पनीले जनाएको छ ।
यस्तै बुटवलमा माघ ७ गते फेयर सञ्चालन हुने फेयरमा नौवटाभन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुने कम्पनीले जनाएको छ । यस्तै पोखरा शाखाको कार्यक्रम माघ ८ गते सञ्चालन हुनेछ । सो फेयरमा ११ वटाभन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुनेछन् । विद्यार्थीहरूले अष्ट्रेलियामा आफूले अध्ययन गर्ने विषय, विश्वविद्यालय, त्यहाँ लाग्ने खर्च तथा अध्ययनपछि सिर्जना हुने रोजगारीका अवसरलगायत विविध विषयमा अन्तरक्रियाबाट प्रस्ट हुन सक्नेछन् ।
क्याटेगोरी : प्रविधि / शिक्षा, बिबिध
ट्याग : #page 2
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया