Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंकको साधारणसभा सम्पन्न

नेपाल बैंकको साधारणसभा सम्पन्न


काठमाडौं । नेपाल बैंक लिमिटेडको ६४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको प्रधान कार्यालय, धर्मपथ, काठमाडौंको प्राङ्गणमा आइतबार सञ्चालक समितिका अध्यक्ष डा चन्द्रबहादुर अधिकारीको अध्यक्षतामा बैंकको ६४औँ साधारणसभा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तको बासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७९/८० को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित गर्दै सम्पन्न भएको छ ।

सभाले महालेखापरीक्षकको कार्यालयबाट यही पुस २९ गते प्राप्त परामर्शबमोजिम आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण गर्न तीन जना चाटर्ड एकाउन्टेन्टहरू प्रदीपकुमार श्रेष्ठ, मधुवीर पाण्डे र सृष्टि कोइरालालाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव सर्वसम्मतरूपमा पारित गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया