सुडानमा युद्धबाट ७४ लाख व्यक्ति विस्थापित
खार्तुम । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघीय कार्यालयले सुडानमा युद्धबाट विस्थापित भएका व्यक्तिको संख्या ७४ लाखभन्दा बढी पुगेको जनाएको छ ।
सन् २०२३ अप्रिल १५ मा सुडानी सशस्त्र बल र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेसबीचको लडाइँ सुरु भएदेखि सुडानमा ७४ लाखभन्दा बढी मानिसहरू विस्थापित भएको मानवीय राष्ट्रसंघीय कार्यालयले जनाएको छ ।
गत महिनामा सुडानमा विस्थापित मानिसहरूको संख्या करिब छ लाख ११ हजारले बढेको छ । विस्थापित हुनेमध्ये धेरैजसो गेजिरा र अन्य राज्यहरूबाट भर्खरै विस्थापित भएका व्यक्ति हुन् । बाली उत्पादन क्षेत्रहरूमा एसएएफ र आरएसएफबीचको लडाइँको विस्तारले मध्य र पूर्वी सुडानमा मानवीय आवश्यकताहरूमा उल्लेखनीय वृद्धि गरेको संयुक्त राष्ट्रसंघीय कार्यालयले जनाएको छ ।
असुरक्षा, लुटपाट, खराब नेटवर्क र फोनको सम्स्या, नगदको अभाव, र सीमित प्राविधिक र मानवीय कर्मचारीहरूले सहायताको वितरणलाई असर गरिरहेको राष्ट्रसंघीय कार्यालयले जनाएको छ । सन् २०२४ को आइतबारसम्म सुडानमा मानवीय आवश्यकता र प्रतिक्रिया योजनाका लागि ३.१ प्रतिशत मात्र छुट्ट्याइएको छ ।
सुडानले १५ अप्रिल २०२४ देखि एसएएफ र आरएसएफबीचको घातक झडपहरू खेपिरहेको छ । युद्धमा अहिलेसम्म १२ हजारभन्दा बढी मानिसहरूको मृत्यु भएको संयुक्त राष्ट्रसंघीय कार्यालयले अनुमान गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया