करिब चालीस वर्षअघिदेखि चर्चामा आएको मेलम्ची खानेपानी अहिले पनि त्यस्तै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माघे संक्रान्तिका दिन सिंहदरबारभित्र रहेको एउटा ढुंगेधारा आकारको खानेपानीको धारा खोल्दै उद्घाटन गरे । यो समेत गर्दा यो एउटा खानेपानी आयोजनको मात्रै उद्घाटनको संख्या नौ पटक पुगेको पाइयो । यसअघि पनि तत्कालीन प्रधानमन्त्री र राष्ट्रपति स्वयम्ले उद्घाटन गरिसकेका थिए । करिब चार वर्षको बीचमा यति धेरैपटक उद्घाटन भएको हो । २०७७ असारमा पहिलोपटक पानी आउने सुरुङ छेडिएर उद्घाटनको सिलसिला सुरु भएको थियो । ८० सालको माघे संक्रान्तिसम्म आइपुग्दा पछिल्लो पटक पनि प्रधानमन्त्रीबाटै उद्घाटन भयो । उद्घाटन गर्दै प्रधानमन्त्रीले भने–काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत छ । हाल मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्सको निर्माणको कार्य यथाशीघ्र सम्पन्न गरी दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाइभर्सनको कार्य समेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइनेछ ।
प्रधानमन्त्रीले उद्घाटन गरेको मेलम्चीको पानीको कथा भने उपभोक्ताका लागि दारुणमय छ । गएको जेठदेखि चालू वर्षका लागि बन्द भएको पानी पुनः आउन नौ महिना लागेको थियो । यसको अर्थ हो वर्षमा नौ महिना यो आयोजना बन्द हुन्छ । प्रधानमन्त्रीकै भनाइअनुसार पनि यो आयोजनालाई बाहै्र महिना चल्ने बनाउन अझै समय लाग्छ । नवौँ पटक उद्घाटन गर्दा अब यसलाई स्थायी र दिगो बनाइने छ भनिएन । ‘उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत छ मात्रै भनियो । निर्माण थालिएको बाइस वर्षमा सम्पन भएको भनिएको आयोजना राष्ट्रपतिले नै उद्घाटन गरेदेखि नै पानी आउन बन्द भयो । अवस्था कस्तोसम्म भने वर्ष लाग्यो कि आयोजना बन्द गर्नु परिहाल्छ । अहिले जुन उद्घाटन भयो त्यो केवल चार महिनाको लागि मात्रै हो । जेठ महिनादेखि वर्षा सुरु हुने र खोलाको पानी धमिलिने हँुदा वितरणमा ल्याइँदैन । यति धेरै वर्ष लागेको र ठूलो आर्थिक लगानी भएको खानेपानी स्रोत वर्ष लाग्नासाथ बेकामे हुन्छ भने यो कति हचुवाका भरमा काम गरिएको रहेछ भन्ने बुझ्न गाह्रो नपर्ला । प्रधानमन्त्रीकै अनुसार पनि यो खानेपानी आयोजनाको हेडवक्र्सको निर्माणको कार्य यथाशीघ्र सम्पन्न गरी दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाइभर्सनको कार्यसमेत थालिने छ । यसको अर्थ हो मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्सको निर्माणको काम अझै सकिएको छैन । जब यति लामो समयदेखिको मेलम्ची नै आएको छैन भने लार्केको सपना त झन् टाढाकै कुरा भयो ।
यो भनेको मेलम्चीलाई सत्ता सञ्चालकहरूले रमिता बनाइरहका छन् । सतहत्तर सालको प्रारम्भमा नै सम्पन्न भएको भनेर पहिले तत्कालीन खानेपानीमन्त्री त्यसपछि प्रधानमन्त्री र त्यसको पनि लगत्तै तत्कालीन राष्ट्रपतिले उद्घाटन गरेको यो खानेपानी त्यसपछि पनि उद्घाटनचाहिँ भइरहे तर पानी भने आएन । अहिलेका खानेपानीमन्त्रीकै अनुसार पनि अब चार महिना मात्रै पानी दिन सकिने हुन्छ । प्रधानमन्त्रीका अनुसार पनि हाल प्रयोग हुँदै आएको वैकल्पिक प्रणालीलाई पनि बाह्रै महिना सञ्चालन गर्नेगरी व्यवस्था मिलाउन सम्बन्धित पदाधिकारीलाई निर्देशन दिएको छ । यस्तो निर्देशन दिने प्रधानमन्त्रीको कार्यकाल एक वर्ष पूरा भएको छ । प्रधानमन्त्री नियुक्त हुँदाको त्यसबेला पनि यस्तै निर्देशन आएको थियो तर कामचाहिँ भएन छ । मेलम्चीको बारेमा कसैलाई पनि जिम्मेवार नबनाइएकै कारण निर्माणको काम कथाजस्तो भएको हुनुपर्छ । काम सम्पन्न नगरी उद्घाटन गर्न हतारो देखाइँदा पनि यस्तो अवस्था आएको हुनुपर्छ । यस्तोमा अब मेलम्चीलाई रमिता नबनाऔँ भनेर सरकारलाई सुझाव दिनैपर्छ ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया