प्रदर्शनमा प्रहरीले प्रयोग गर्ने हतियारविरुद्ध सर्वोच्चमा रिट, आज सुनुवाई हुँदै
काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भीड नियन्त्रणका लागि प्रयोग गर्ने मेटल बुलेट वा प्राणघातक हतियारको प्रयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । त्रिपाठीद्वारा हिजो(बुधबार) दर्ता रिटको सुनुवाई आज(बिहीबार) तोकिएको हो ।
अधिवक्ता त्रिपाठीले रिट निवेदनमा जनप्रदर्शन एवं भिड नियन्त्रणका लागि घातक हतियार एवं मेटल बुलेटको प्रयोगलाई प्रतिबन्ध गर्नुपर्ने लगायत विभिन्न मागहरु राखेका छन् । उनले भिड नियन्त्रणका लागि अत्यधिक बलप्रयोग एवं हिसात्मक साधनको प्रयोगलाई बर्जित गरि पाउँ, भिड नियन्त्रणको अहिंसात्मक तौरतरिकाबारे प्रदर्शन व्यवस्थापनका लागि खटिने प्रहरीहरुलाई अनिवार्य प्रशिक्षण दिनुपर्ने र यसलाई अनिवार्य रुपमा प्रहरीको ट्रेनिंग म्यानुवलमा समावेश गर्नुपर्ने, भिड नियन्त्रणका गैरघातक हतियारको प्रयोग गर्दा पनि मानव अधिकारका आधारभूत मापदण्डहरुको प्रयोग सुनिश्चित गर्नुपर्ने माग राखेका छन् ।
त्यसैगरी, उनले निहत्था नागरिकमाथि घातक हतियारको प्रयोग गर्ने एवं जीवन अपहरणमा संलग्न जो–कोहीलाई कमाण्ड रेस्पोन्सिविलिटी अन्तरगत गैरकानूनी आदेश दिने वा सो आदेशको कार्यान्वयन गर्ने कार्यलाई अपराधिक रुपमा उत्तरदायी तुल्याउँदै ज्यानसम्बन्धी कसूरमा अभियोजन गर्नुपर्ने, प्रहरीहरुलाई आत्मसुरक्षाको साधनको अभावले पनि अत्यधिक बलको प्रयोग हुने गरेकोले प्रहरीहरुलाई पर्याप्त मात्रामा हेल्मेट, सुरक्षा ज्याकेट एवं बुलेटप्रुफको आपूर्तिको ब्यवस्था मिलाई दिनुपर्ने लगायत माग राखेका छन् ।
साथै, जनप्रदर्शन वा भिड नियन्त्रण प्रक्रियामा घातक हतियार एवं मेटल बुलेटको प्रयोगले बिगतमा ठुलो संख्यामा निर्दोष नागरिकहरुले ज्यान गुमाएको र गुमाउनुपर्ने अवस्थाको सिर्जना भएको भन्दै उनले दायर रिट निवेदनको टुंगो नलागेसम्म निहत्था नागरिकमाथि प्राणघातक हतियारको प्रयोग नगर्नु नगराउनु भनी आन्तरिम आदेश जारीको माग गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया