किसानलाई किबिको बिरुवा वितरण
काठमाडौं । जिल्लाको वैतेश्वर गाउँपालिकाले कृषकहरूलाई किबिको बिरुवा वितरण गरेको छ । पालिकाले चालू वर्षको किबि खेती विस्तार तथा प्रवद्र्धन कार्यक्रमअन्तर्गत स्थानीय किसानलाई ९० प्रतिशत अनुदानमा चार हजार किबिको बिरुवा वितरण गरेको हो ।
गाउँपालिकाले किबि खेतीयोग्य क्षेत्रको पहिचान गरी वडा नम्बर–६ बाहेकका सात वटा वडामा बिरुवा वितरण गरेको वैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेतीले जानकारी दिइन् । उनका अनुसार पालिकाले वडा नम्बर–१ का ३६ जना किसानलाई १६ सय बिरुवा वितरण गरेको छ । त्यस्तै वडा नम्बर–२ का ६ जना किसानलाई दुई सय पाँच वटा, वडा नम्बर–३ का २४ जना किसानलाई तीन सय ७० वटा बिरुवा वितरण गरेको जानकारी दिइन् । त्यसैगरी वडा नम्बर–४ का २२ जना किसानलाई पाँच सय १३ वटा, वडा नम्बर–५ का ४ जना किसानलाई ९३ वटा बिरुवा वितरण गरिएको छ भने वडा नम्बर–७ का १४ जना किसानको लागि दुई सय दुई वटा र वडा नम्बर–८ का ४३ जना किसानलाई नौ सय ६५ वटा बिरुवा वितरण गरेको पालिकाले जनाएको छ ।
गाउँपालिकाले किसानलाई हेवाड, मन्ट्टी, एलिसन जातको किबिको बिरुवा वडागतरूपमा वितरण गरेको बैतेश्वर गाउँपालिका कृषि प्राविधिक निरोज पाण्डेले जानकारी दिए । किसानको मागको आधारमा उनीहरूलाई बिरुवा वितरण गरिएको हो । पालिकाकी उपाध्यक्ष उप्रेतीको रोहवरमा वडाअध्यक्षहरूले किसानलाई बिरुवा वितरण गरेका थिए ।
क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8
ताजा अपडेट
- मन्त्री अधिकारीद्वारा नेपालको कृषि क्षेत्रमा लगानी गर्न आग्रह
- ज्योति विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टमा छुट
- आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेकोे विवरण माग
- सशस्त्र प्रहरीको सेटिङमा सीमा नाकामा तस्करी !
- गरिबी निवारणको एकीकृत कार्यक्रमको तयारी
- परिवर्तित नेपाली समाज र यसका असर
- के कस्ता छन् ? नेपाली पुँजीबजारका समस्याहरू
- आर्थिक गतिविधि घट्दो, सञ्चिति बढ्दो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया