नेपाल बीमा प्राधिकरण र त्रिवि केन्द्रीय अर्थशास्त्र विभागबीच समझदारी
काठमाडौं । नेपाल बीमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागबीच बीमासम्बन्धी अनुसन्धान गर्नेसम्बन्धी समझदारी भएको छ । त्यससम्बन्धी समझदारी पत्रमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख प्राडा शिवराज अधिकारीले यही माघ २ गते काठमाडौंमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल र निर्देशक सुशीलदेव सुवेदी, त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागका प्राडा योगेश रञ्जीत र सहप्राडा रेमश थापा उपस्थित रहेका थिए ।
समझदारीपत्रमा नेपाल बीमा प्राधिकरणले बीमाको अनुसन्धान क्षेत्र पहिचान गर्ने, प्राधिकरण र केन्द्रीय अर्थशास्त्र विभागले आपसी साझेदारीमा अनुसन्धानको कार्य अगाडि बढाउने र अनुसन्धानका लागि आवश्यक वित्तीय सहयोग प्राधिकरणले उपलब्ध गराउने उल्लेख छ । देशको अर्थतन्त्रमा बीमा क्षेत्रको योगदान, बीमा क्षेत्रको विकास, बीमा समावेशिता, बीमा व्यवसाय, सेवाको गुणस्तर, सञ्चालन खर्च, वित्तीय प्रणाली, वित्तीय साक्षरता, बीमा क्षेत्रका चुनौती, बीमा कम्पनीको नियमन तथा सुपरीवेक्षण, पुनर्बीमा र जोखिम बहन नीतिलगायतका क्षेत्रमा अनुसन्धान गरिने समझदारीपत्रका उल्लेख गरिएको छ । त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले समझदारीबाट देशको बीमा क्षेत्रको गहिरो अध्ययन गर्न तथा प्राधिकरणको अनुसन्धान टोलीलाई सबल बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष सिलवालले बीमासम्बन्धी अनुसन्धानका लागि आगामी आर्थिक वर्षमा थप रकमको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख प्राडा शिवराज अधिकारीले समझदारी अनुरूप बीमासम्बन्धी अनुसन्धान कार्य तत्कालै अगाडि बढाउने बताए । समझदारीपत्रमा हस्ताक्षर भएको मितिले चार वर्षसम्म समझदारी कायम रहनेछ ।
क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया