Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षामलेसियाको विश्वविद्यालयसँग लर्डबुद्ध एजुकेसन फाउन्डेसनको सहकार्य

मलेसियाको विश्वविद्यालयसँग लर्डबुद्ध एजुकेसन फाउन्डेसनको सहकार्य


काठमाडौं । लर्डबुद्ध एजुकेसन फाउन्डेसनले सहकार्य गरेको मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी मलेसियाकै उत्कृष्ट विश्वविद्यालय बन्न सफल भएको छ । एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनले मलेसियामा पाँचतारे प्लसको अंक प्राप्त गरेको हो ।

सूचना प्रविधिसम्बन्धी सो विश्वविद्यालय मलेसियामा पाँचतारे प्लस अंकप्राप्त गर्ने एक मात्र विश्वविद्यालय भएको लर्डबुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष पंकज जालानले जानकारी दिए । सो विश्वविद्यालयले लर्डबुद्धसँग सूचना प्रविधि विषयमा अध्ययनका लागि लामो समयदेखि सहकार्य गर्दै आएको छ । एसिया प्यासिफिक युनिभर्सिटी विदेशी विद्यार्थी अध्यययन गर्ने आधारमा मलेसियाकै सबैभन्दा ठूलो र विश्वको १६औँ नम्बरमा रहेको लर्डबुद्धद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सो विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि रोजगारी दर समेत शतप्रतिशत रहेको फाउन्डेसनले उल्लेख गरेको छ । एसिया प्यासिफिक युनिभर्सिटीसँग लर्डबुद्ध एजुकेसन फाउन्डेसनले लामो समयदेखि सहकार्य गर्दै आएको छ ।

लर्डबुद्ध एजुकेसन फाउन्डेसनले एसिया प्यासिफिक विश्वविद्यालयको सम्बन्धनमा सूचना प्रविधि विषयमा शिक्षा प्रदान गर्दै आएको छ ।

स्नातक र स्नातकोत्तरमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नसिप समेत प्रदान गर्दै आएको फाउन्डेसनले पनि रोजगारी समेत उपलब्ध गराउँदै आएको जनाएको छ । फान्डेसनमा अध्ययनरत विद्यार्थी तथा शिक्षकका लागि ११ वटा अनलाइन लाइब्रेरीको समेत सुविधा उपलब्ध गराइएको अध्यक्ष जालानले जानकारी दिए । फाउन्डेसनले पढ्दै कमाउँदै नीतिलाई अङ्गीकार गरेर रोजगारयुक्त शिक्षा उपलब्ध गराएको छ । लर्डबुद्ध एजुकेसन फाउन्डेसनमा अध्ययनरत विद्यार्थीले मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटीमा समेत विद्यार्थी आदानप्रदान कार्यक्रमअन्तर्गत शैक्षिक सुविधा पाउने अध्यक्ष जालानको भनाइ छ ।


क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3

तपाईको प्रतिक्रिया