गोकुलधाममा गरिएको महायज्ञबाट ५८ लाख संकलन
पोखरा । राष्ट्रिय परोपकार महासंघ नेपालद्वारा आयोजित सप्ताहव्यापी श्रीमद् भागवत ज्ञान महायज्ञमा ५८ लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन भएको छ । महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष कुश कार्कीका अनुसार पुष्करिणी परोपकार गोकुलधाम पोखरा १४ बाच्छीबुडुवा (वात्स्यायन क्षेत्र)मा पुस २६ देखि माघ ४ गतेसम्म आयोजित महायज्ञमा नगद तथा जिन्सी गरी ५८ लाख २२ हजार एक सय ८२ रुपैयाँ विभिन्न दानदाताहरूबाट सङ्कलन भएको हो ।
उनका अनुसार महायज्ञको पहिलो दिन ७२ हजार आठ सय ३०, दोस्रो दिन दुई लाख ३४ हजार दुई सय, तेस्रो दिन चार लाख ३४ हजार १०, चौँथो दिन तीन लाख १२ हजार चार सय ५०, पाँचौँ दिन १० लाख ८२ हजार तीन सय ६५, छैटौँ दिन सात लाख २३ हजार नौ सय ७५, सातौँ दिन १४ लाख ७६ हजार ७० र अन्तिम दिन आठ लाख ३२ हजार रुपैयाँ सङ्कलन भएको छ ।
महायज्ञमा जिन्सी दान, परोपकार कोष र मुठ्ठी दानसमेत गरी ५८ लाख २२ हजार एक सय ८२ रुपैयाँ सङ्कलन भएको हो । महायज्ञ समापनमा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले फोहोरमैला र छाडा पशु चौपायाको व्यवस्थापन चुनौतीपूर्ण भइरहेका बेला गोकुल धाम सञ्चालन भएपछि पोखराको सहरी सौन्दर्यीकरण र सडक सुरक्षामा महत्वपूर्ण सहयोग पुगेको बताइन् । गोकुलधाम (गौशाला) व्यवस्थापनका सन्दर्भमा पोखरा महानगरपालिकाको तर्फबाट आवश्यक सहयोग गरिने उनको प्रतिवद्धता छ ।
गोकुलधामलाई पोखराको नयाँ पर्यटकीय गन्तव्य तथा अध्ययन अवलोकनको एक उत्कृष्ट एवं पवित्र स्थलका रूपमा विकास गर्ने गरी सहयोग गर्न महानगरपालिका प्रतिवद्ध रहेको उपप्रमुख गुरुङले बताइन् । भौतिक विकासका अलवा सामाजिक, शैक्षिक, सांस्कृतिक, वातावरणीय र मानव संशाधनको विकाससमेत अपरिहार्य रहेको उल्लेख गर्दै उनले परम्परागत संस्कार र संस्कृतिको समेत रक्षा गर्नुपर्नेमा जोड दिइन ।
पोखरा महानगरपालिका वडा नं.१४ का वडाध्यक्ष बोधबहादुर कार्कीले धार्मिक रूपमा महत्व बोकेकी गौमाताको सेवाका लागि अब टाढाको तीर्थ जानु नपर्ने बताए । उनले गौशाला व्यवस्थापनमा पोखरा महानगरपालिकाले पूरा गर्नुपर्ने दायित्व देखिने गरि बहन गर्न आवश्यक रहेको स्पष्ट पारे ।
वर्षौँदेखि फोहोर फ्याँक्ने स्थलका रूपमा परिचित पोखरा १४ सुव्यवस्थित गौशाला सञ्चालनले पवित्र स्थलका रूपमा विकसित हुँदै गएको उनको भनाइ छ । अध्यक्ष कार्कीले वडा कार्यालयको तर्फबाट पाँच लाख र आफ्नो व्यक्तिगत एक लाख १५ हजार दान सहयोगसमेत प्रदान गरे । पोखरा महानगरपालिका वडा नं.९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले गौशाला व्यवस्थापन कार्य सिङ्गो मुलुककै लागि अनुकरणीय भएको बताए ।
वडाध्यक्ष मर्सानीले राष्ट्रिय परोपकार महासंघले पोखराका सडकमा रहेका छाडा पशुचौपायको उत्कृष्ट व्यवस्थापन गरी महानगरपालिकालाई गुन लगाएको बताए । अध्यक्ष मर्सानीले गौरक्षाको अभियानका लागि वडा कार्यालयको तर्फबाट ५६ हजार रुपैयाँ नगद र बाँकी पछि व्यवस्थापन गर्ने गरी एक लाख रुपैयाँ सहयोग प्रदान गरे ।
महासंघका केन्द्रीय अध्यक्ष एवं पुष्करिणी परोपकार गोकुलधामका परिकल्पनाकार युवा पण्डित कमलनयन गौतमले बोलीमा मात्र सीमित गौ सेवाको अभियानलाई व्यवहारिक बनाउने उद्देश्यले गोकुलधामको प्रारम्भ गरिएको बताए । उनले धाम गौ सेवाको अभियानलाई अभिप्रेरित गर्दै परोपकारी कर्मसँग मानवीय क्रियाकलापहरूलाई जोड्न महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । गौशाला पोखराको अर्को एउटा नयाँ गन्तव्य स्थल बन्न सक्ने उनको विश्वास छ । गौ माताको महिमा अपरम्पार रहेको बताउँदै गौतमले विषपान गरेर पनि अमृत प्रदान गर्ने गौ हरूको आश्रयस्थल गौशालालाई जीवन्त पाठशालाका रूपमा चित्रण गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया