Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधभारतमा महिला बेचेर फरार व्यक्ति ३२ वर्षपछि पक्राउ

भारतमा महिला बेचेर फरार व्यक्ति ३२ वर्षपछि पक्राउ


काठमाडौं । मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी धादिङ मेत्रावती गाउँपालिका–२ घर भएका ५७ वर्षीय वीर बहादुर तामाङलाई प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ । पीडितलाई ब्रुनाई पठाईदिने भन्दै झुक्याई २०४७ चैत ३ गते काठमाडौंबाट काकरभिट्टा हुँदै पश्चिम बंगालको बागडोग्रा भन्ने स्थानमा पुर्याइ भारतीय नागरिकलाई बेचबिखन गरेको कसूरमा संलग्न रही फरार रहेका उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले बुधबार ललितपुर महानगरपालिका–१४ तिखेदेवलबाट पक्राउ गरेको हो ।

पीडितको श्रीमान ब्रुनाईमा रोजगारीमा रहेको बेलामा श्रीमानले ब्रुनाइ ल्याईदिनु भनि मलाई चिठ्ठी पठाएका छन भनि झुक्याई काठमाडौंबाट काकरभिट्टा हुँदै भारतको पश्चिम बंगालस्थित बागडोग्रा भन्ने शहरमा पुर्याइ ती महिलालाई अनजान व्यक्तिको घरमा अपरिचित भारतीय नागरिकहरुको जिम्मामा छोडेका थिए । प्रहरीका अनुसार भारतीय नागरिकहरुबाट भारतीय रुपैयाँ १० हजार लिई पीडितलाई बेचबिखन गरेको र भारतीय नागरिकहरुले पीडितलाई रिक्सामा राखी लैजाने क्रममा पीडित रिक्साबाट हाम फाली भारतीय प्रहरीको सम्पर्कमा गएपश्चात उनीहरुले काकरभिट्टा ल्याई छोडीदिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

उक्त घटनामा संलग्न अन्य व्यक्तिको खोजी गर्नुका साथै प्रहरीले उनीउपर जिल्ला अदालत काठमाडौंबाट तीन दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया