फुटवेयर उत्पादक संघको अध्यक्षमा न्यौपाने
काठमाडौं । फुटवेयर उत्पादक संघ नेपालको अध्यक्षमा रुद्रप्रसाद न्यौपाने निर्वाचित भएका छन् । संघको शुक्रबार साँझ सम्पन्न २२औँ वार्षिक साधारणसभाबाट न्यौपानेको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।
निर्वाचन समितिका सदस्य विनोदमणि भट्टराईका अनुसार संघको वरिष्ठ उपाध्यक्षमा सुरज बन्जाडे, उपाध्यक्षमा दीपेन्द्र थापा, जीवनकुमार श्रेष्ठ र ज्ञानेन्द्रप्रसाद दाहाल, महासचिवमा योगेन्द्र पाण्डे, उपमहासचिवमा निर्मल भट्टराई, सचिवमा शङ्करकुमार गौतम र कोषाध्यक्षमा अनुप मानन्धर निर्वाचित भएका छन् । सदस्यमा विष्णुप्रसाद पौडेल, छविलाल पौडेल, अर्जुनकुमार गौतम, अशोककुमार श्रेष्ठ, बालमुकुन्द श्रेष्ठ, सुदिप बराल, कुमार न्यौपाने र चोलाप्रसाद पाठक निर्वाचित भएका छन् ।
सो अवसरमा नवनिर्वाचित अध्यक्ष न्यौपानेले फुटवेयर उद्योगको दिगो विकास, स्थायित्व, संरक्षण र प्रवद्र्धनका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालिन कार्ययोजना बनाएर अगाडि बढ्ने बताए । साधारणसभाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालले मुलुकको अर्थतन्त्र विकासका लागि फुटवेयर क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले यस क्षेत्रमा देखिएका समस्या समाधानमा सरकार लाग्नुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासङ्घ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले फुटवेयर क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि सरकारले सहयोग गर्नुपर्ने बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- युक्रेनले पहिलो पटक रसियामा अमेरिकी मिसाइल प्रहार गर्यो
- एनसेल बन्यो नेपाल प्रिमियर लिग २०२४ को ‘पावर्ड बाई’ प्रायोजक
- शाओमीको नयाँ पावर ब्याङ्क सार्वजनिक
- अर्गानिक र नेपाली मौलिक परिकार पाइने पलाँसेको दाउरा चुलो
- सानिमा बैंकको २०औँ साधारणसभा
- महालक्ष्मी विकास बैंकको हरित घर कर्जा
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई ‘स्काइवाक टावर’मा छुट
- लक्ष्मी लघुवित्तको नाफा एक करोड ७० लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया